अतिथि देवोभव:

फोकस आउट
सरोजकुमारी चौधरी

काठमाडौँ — विमस्टेक सम्मेलनमा सहभागी हुन बुधबार काठमाडौं उत्रिएका श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतको तस्बिर लिन हामी तम्तयार बसेका थियौं ।

अतिथि देवोभव:

तर, एक्कासि विशाल पानी पर्न थालेपछि नेपाली सेनाले स्वागत गरिने थलो फेरेर नेपाल वायु सेवा निगमको हयाङरमा सत्कार गर्ने आकस्मिक निर्णय गर्‍यो । स्थान परिवर्तनपछि भीभीआईपी रूट पनि स्वभावत: फेरिएकाले र त्यही रुटमा नेपाली सेनाको ‘नाइन एन जिरो फोर सिक्स कल साइन’ भएको हेलिकप्टर सार्दै गरेका सैन्य जवानहरु । झमझम पानी परिरहेको बेला हेलिकप्टरलाई सेनाका जवानहरुले बोकेर/उठाएर सार्दै गरेको दृश्य आफैंमा नौलो थियो ।

प्रकाशित : भाद्र १६, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?