कोसेली
भाद्र २३, २०७५

जंगबहादुर जुगको जनगणना

नेपालको पहिलो जनगणना कुन थियो ? सरकारी निकाय तथ्यांक विभाग भन्छ— संवत् १९६८ मा पहिलो गणना भएको हो । तर, सरकारी अड्डाले दाबी गर्ने गणनाभन्दा ५८ वर्षअघि तत्कालीन श्री ३ जंगबहादुरले काठमाडौं उपत्यका र आसपासमा व्यवस्थित जनगणना गराएका छन् । यो इतिहासको प्रामाणिक लिखतको वृत्तान्त आफैंमा कुतूहललाग्दो छ ।

२५० वर्षअघि कीर्तिपुर

नेपालको इतिहासमा कीर्तिपुर एउटा यस्तो अध्याय हो जहाँ असंख्य कथाकहानी लुकेर बसेका छन् । तिनमा कतिपय कथा साँचो, सही होलान् अथवा कतिपय उडन्ते नि होलान्— तर कीर्तिपुरमा कथाकहानी जारी छ । नेवार आमाहरूले घरको भित्ताले पनि नसुन्ने गरी कथाहरू भनिरहे ।

पानी पीडा

पाँचथरको यासोक, स्यावरूम्बा, रानीगाउँ अति सुक्खाग्रस्त क्षेत्रको रुपमा चिनिन्छ । यहाँका झन्डै १२ हजार बासिन्दाको साझा समस्या भनेको एउटै छ— खानेपानीको अभाव ।

मायाले जितेको संसार

टुंगोमा पुग्न नसकिरहेकै अवस्थामा केही हितैषीमार्फत एम्सको हाडजोर्नी विभागमा कार्यरत डा. दीपक गौतमसंग सम्पर्क स्थापित भयो । टेलिफोनमा कुरा हुँदा दीपकजीले हार्दिकताको दैलो खोलेर मलाई यसरी सम्झाउन भयो कि मैले तत्कालै भनें– अब म अरू विकल्पमा जान्नँ ।

‘धर्ती नफाटुन्जेल सहिराख’

निर्मला मरेरै गइन्, तैपनि न्याय यस्तो महँगो छ कि उनको मृत्युले पनि त्यसको मूल्य चुकाउन सकेन । अब सीताको मात्रै हैन, पञ्चकन्याको पनि कहानी सुनाऊँ । यी पाँच कन्या (अहिल्या, द्रौपदी, कुन्ती, तारा र मन्दोदरी) न हाम्रो पारम्परिक हिसाबमा कुमारी थिए, न नै आफ्नो नियतिका मूकदर्शिका । यी सबै महिलाको आफ्नो लोग्नेबाहेकको परपुरुषसँग संसर्ग थियो । सीता त एकपुरुषा थिइन् । उनलाई किन पञ्चकन्या म राखिएन ? कौमार्य भनेको के हो ? पाँच लोग्नेकी पत्नी द्रौपदी कसरी कुमारी भइन् ?

कथाका तीन महारथी

 कथा लेखेर संसारभरि चिनिएका लेखक अनगिन्ती छन् । तिनका कथा उत्तिकै लोकप्रिय पनि छन् । तर, विश्व कथाका महारथी भने केबल तीन जना छन् । ती हुन्— रुसका आन्तोन चेखब, फ्रान्सका गुई डी मोपासाँ र अमेरिकाका ओ हेनरी । यीभन्दा अगाडिका कथाकारले अधुरो छाडेको फ्रेम यी तीन जनाले पूरा गरे ।

अन्तर्वार्ताको कहानी

अन्तर्वार्ता भनेको सत्यवार्ता हुनुपर्छ, पारस्परिक सत्यसंवाद हुनुपर्छ । अन्तर्वार्तामा व्यक्तिको अन्तरध्वनि प्रकट हुनुपर्छ । यसमा व्यक्तिको आत्मा मुस्कुराएर रसाउनुपर्छ । अन्तर्वार्ता अनुभूतिपूर्ण हुनुपर्छ । अन्तर्वार्ता व्यक्तिको व्यक्तित्वको प्रतिविम्ब हो ।

हामीले (न)देखेको देश

मोहन मैनालीको ‘देखेको देश’ पढेपछि एउटा मीठो ईष्र्या लाग्यो । म नेपालका ७२ वटा जिल्ला घुमें, नेपालबाहिरका ८ वटा देशमा काम गरें । कतिपय देश नेपालजस्तै गृहयुद्धबाट गुज्रिएका, कुनै नेपालजस्तै पूर्वाधार धेरै कम भएका देश थिए । ६ महिनादेखि एक वर्षसम्म ती ठाउँमा बस्दा मैले देखेका सबै कुरा यस्तै टिपोट गरेर लेखेको भए पनि दुई तीनवटा किताब त तयार भइहाल्थे होलान् । तर, त्यो बुद्धि भएन ।

कुण्डैकुण्ड गोसाइँकुण्ड

४३ सय मिटर उचाइमा उभिएको गोसाइँकुण्ड सबैभन्दा प्रमुख विशेषता के हो भने प्रकृतिको यो विन्दुमा कुण्डैकुण्ड छन् । भैरव, सूर्य, दूध, सरस्वती कुण्डलगायत सुन्दर १७ कुण्डहरू आसपासमै टाँसिएर बसेका छन् ।

पुस्तौनी भारीको भर !

भारतको नेपालीभाषी बहुल क्षेत्र मानिने दार्जिलिङ र सिक्किममा सडकपेटी र गल्लीहरू जहाँतहीं भेटिन्छन् नेपाली भरियाहरू । शिरमा थोत्रो ढाका टोपी अनि काँधमा नाम्लो बोकेर बसेकाहरू धेरैअघि मुग्लानिएका नेपाली दाजुभाइ हुन् ।

ADVERTISEMENT
ADVERTISEMENT

गृहकार्य थिएन, पदक आएन

हामीले आफ्नो ठाउँबाट त राम्रो गर्‍यौं । तर, अरू देशका खेलाडीले पनि त्यत्तिकै राम्रो गरेका हुन्छन् । त्यसमा अब्बल भएर पदक जित्नका लागि धेरै पक्षले प्रभाव पारेको हुन्छ । प्राविधिक पक्षमा हामी धेरै पछाडि परिसक्यौं । प्रशिक्षकहरू कति त आउटडेटेड छन् । परिवर्तित प्रविधिसँग जानकार छैनन् । त्यसले गर्दा हाम्रो स्तर जहाँको त्यहीं छ । अब यसतर्फ ध्यान दिनु जरुरी छ ।

बानेश्वरमा छ टक्सार

भाँडाकुँडा बन्न छाडे पनि टक्सारको ब्रान्ड अहिले पनि बिकिरहेको छ । टक्सारमा बसेर भाँडाकुँडा बनाउँदै आएका बुद्धराज शाक्य भन्छन्, ‘हामीले टक्सारे भाँडाकुँडाको माग धान्न गाह्रो भइरहेको छ, दु:खको कुरा अरू ठाउँमा टक्सारे भन्दै नाम बिक्री भइरहेको छ ।’

रेलबहादुरका छोरा हुन् गोपालसिंह

भदौ १६ कोसेलीमा प्रकाशित ध्रुवचन्द्र गौतमको लेख ‘उनी थिए जीएस नेपाली’ पढ्न पाउँदा खुसी लाग्यो । आजभन्दा एक सय सात वर्षअघि सन् १९११ मा जन्मेका गोपालसिंहका बारेमा छरिएर रहेका तथ्य संकलन गरी गौतमले गरेको प्रस्तुति रोचक र सूचनामूलक छ । उनै जीएस नेपालीका बारेमा थप जानकारी होस् भनेर केही तथ्य–तथ्यांक लेख्न चाहेको छु ।

साहित्यमा ‘बुबाको मुख’

भगवान्ले आइतबार भनेको आरामका लागि बनाएका हुन् भनेर बाइबलमा भनिए पनि कवि हेडनका बा यो कुरालाई बेवास्ता गर्छन् । उनी आफ्नो परिवारको संरक्षण सर्वोपरि ठान्छन् । विद्यालय जाने बेलामा आफ्ना जुत्ता पनि पालिस गरिदिने बाप्रति कृतज्ञता व्यक्त गर्न भुलेकोमा उनी थकथकी मान्छन् ।

ADVERTISEMENT
ADVERTISEMENT

जकार्ता डायरी

जकर्ताको संस्कृत नाम ‘जयकृत’ हो अर्थात् जय भनेको सफलता कृत भनेको आर्जित हो । इन्डोनेसियाको राजधानी जकार्ता मुख्य रूपमा प्रशासनिक र व्यापारिक नगर हो । आठ लेनभन्दा माथिका रोड, वरिपरि हरियाली वातावरण र गगनचुम्बी महलहरूले जाकर्तालाई भव्य सहरको रूपमा चिनाएको छ ।