कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

पानी पीडा

फोकस आउट
नारायण तुम्बापो

काठमाडौँ — पाँचथरको यासोक, स्यावरूम्बा, रानीगाउँ अति सुक्खाग्रस्त क्षेत्रको रुपमा चिनिन्छ । यहाँका झन्डै १२ हजार बासिन्दाको साझा समस्या भनेको एउटै छ— खानेपानीको अभाव ।

पानी पीडा

यस क्षेत्रका दर्जनौ मुहान सुकिसके । पानी अभावकै कारण स्थानीयको दैनिकी दयनीय बनेको छ । खोला, खोल्सा र आकाशको अप्रशोधित पानीका कारण जन्डिस, रूघाखोकी, पखालाजस्ता रोगव्याध रैथानेको पेवाझैंं बनेको छ । तस्बिरमा दुई युवाले वर्षापछि सडकको खोपिल्टोमा जमेको धमिलो पानी संकलन गरिरहेको देखिन्छ । यो तस्बिर रानीगाउँको तिङ्देन क्षेत्रको हो ।

प्रकाशित : भाद्र २३, २०७५ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?