२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

थारू अटवारी उल्लास

मोहन बुढाऐर

काठमाडौँ — पश्चिम तराई दाङ, सुर्खेत ,बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका थारू समुदायमा यतिबेला अटवारी पर्वको हर्ष उल्लास छ । भाद्र शुक्ल पक्षको पहिलो आइतबारमा थारूहरू अटवारी पर्व पर्छ । थारूको माघी र दसैंपछिका ठूलो पर्व अटवारीको मुख्य विशेषता चेलीलाई कोसेली दिनु हो । यो पर्वमा थारूहरूले अग्निलाई देवता मानेर पूजा गर्छन् ।

थारू अटवारी उल्लास

थारू राजा दंगीशरणका पक्षमा पॉच पाण्डवमध्येका भीमले तावामा पकाउन राखेको रोटी नखाई युद्ध लडेकाले यो चाडमा थरीथरीका रोटी पकाएर अग्नि देवतालाई अर्पण गरी खाना खाने, खुवाउने चलन रहेको छ । यो पर्वमा दिनभर व्रत बसेका थारू पुरुषले पकाएका पकवान अग्नि देवतामा चडाएपछि आफ्ना दिदी–बहिनीको नाममा अग्रासन (खानेकुराको कोसेली) छुटयाउँछन् । भोलिपल्ट बिहान भात पकाएर फेरि अग्नि देवतालाई चढाएर दिदीबिहिनीलाई अग्रासन राखिन्छ । पहिलो र दोस्रो दिनको अग्रासनलाई दाजुभाइले दिदी–बहिनीका घरमा लैजाने चलन छ । यो दिन विवाहित दिदीबहिनीहरू दाजुभाइको बाटो हेरी बसेका हुन्छन् । खासगरी पहिलो दिनको अग्रासनमा अन्डीको रोटी अनिवार्य हुन्छ । स्थानीय थारूहरूको भाषामा अन्डी भनिने एक धानको जात हो । धेरै दिदीबहिनीसहितको थारू परिवारमा अन्डीका कम्तीमा चार/पाँच सय रोटी पाक्ने गर्छन् । प्राय: थारू समुदाय संयुक्त परिवारमा बस्ने चलन छ । एक घरमा कम्तीमा २०/२५ जना परिवारका सदस्य हुन्छन् । थारू बस्तीमा अटवारी पर्वको अवसरमा परम्परागत नाचगानसमेत चल्ने गर्छ ।






प्रकाशित : आश्विन ६, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?