सर्वाधिक बज्ने स्वदेश–गान
काठमाडौँ — कविवर घिमिरेका १ सयभन्दा बढी गीतहरू संगीतबद्ध छन् । धेरैजसो रेडियो नेपालमा रेकर्डेड छन् । त्यसमध्ये राष्ट्रिय धुन र ध्वनिले भरिएको तथा फर्माइस आधारमा समेत सर्वाधिक रुचाइएका दुई स्वदेश गान ::
लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो
हिमालचुली मन्तिर पानी भर्ने पाधेरो
लेकै हेर्यौ लाली गुराास बेंसी हेर्यो प्याउली
पिरती बास्ने परेवा विरह बोल्ने न्याउली
हिमाल छुन्छ बेलुकी सप्तर्षिको ताँतीले
जुनेली रात बिताउँछु गाउँदा गाउँदै साथीले
सम्झन्छु म हिउँचुली आँसुको ढिका खसाली
यो बिरानो मुलुकमा बस्दैन माया बसाली
वनमा घाम नलागे जगत् सारा अँधेरो
नौडाँडाको पारिमा प्रीतिको देश छ मेरो
मेरो कानले लेकैलाई पाकेर जाने बादल
हातले मैले नछोए पनि छ कति कोमल
डर लाग्छ मलाई यही बादलु छायाले
पार्दछ जहाँ इन्द्रेणी पाइला भिज्ने मायाले ।
गाउाछ गीत नेपाली ज्योतिको पंख उचाली
जय जय जय नेपाल सुन्दर शान्त नेपाल
गण्डकी कोसी कर्णाली मेची र महाकाली
लेक र बेंसी ब्युाझाउाछन् लहर लाख उचाली
हिमालचुली बोलाउाछ पहिलो झुल्का निकाली
सगरमाथा शिखरमा पुग्दछ पहिले नेपाली
सीताले सारा भिजाइन दक्षिण लंका भारत
भृकुटी तारा उदाइन् उत्तर चीन तिब्बत
बुद्धले यहीं पाएथे ज्ञानको पहिलो मुहान
शिवले यहीं ल्याएथे सृष्टिको पहिलो बिहान
पश्चिम किल्ला काागडा पूर्वमा टिस्टा पुगेथ्यौं
कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौं
हामीले हिमाल उठायौं एसियाको माझमा
सभ्यता बास बसेथ्यो आएर यहीं सााझमा
यही नेपाली माटोमा दिलको फूल रोपेर
यही पहाडी शिलामा प्रीतको गीत खोपेर
बााचौंला हामी नेपालमा चन्द्र र सूर्य ध्वजा लिई
नााचौंला हामी हिमालमा ज्योतिको पंख उचाली ।