कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

आराधना

कविता
सविता बिमली

काठमाडौँ — सविता विमली
यति ठूलो ब्रह्माण्डमा
जब कुनै इतिहासले
बताउादैन,

आराधना

सविता विमली
यति ठूलो ब्रह्माण्डमा
जब कुनै इतिहासले
बताउादैन,
तिम्रो राजको कुरा !!
महादेवी !
तिमी सिंहवाहिनी मात्रै किन भइरह्यौं ??
सिंहासनमा तिमी विराजमान भएका कुनै कथा
मैले पढ्न बााकी छन् कि कतै ??
बडो दुविधामा छु माते !
किन तिमी अरूकै लागि प्रयोग मात्रै भयौ ?

महामाया !
अन्यायविरूद्ध पटकपटक
पुकारिएकी तिमी
वृन्दामाथिको छलमा किन चुप बस्यौ ?
गोमा र अहिल्याको
भागमा परेको सजाय
कसको भागमा पर्नुपर्ने हो ?

हो, यहीानेर तिमी नदुखेको
देखेपछि मलाई शंका लाग्छ देवी !
कि तिमी निमुखाका निम्ति होइनौ !!??
उच्चपदस्थ आफ्नाहरुका नाममा
तिम्रो मौनताले सााच्चै तराजु ढल्किएको छ यतिखेर
तिमी न्यायकै पक्षमा छयौ भन्न सक्दिना चामुण्डे !

अम्बे ! पार्वतीको आत्मगौरव
र वृन्दाको आत्मगौरवमा
कति अन्तर थियो ??

तिम्रो अघोर मौनताले मलाई पटकपटक चिमोट्छ रक्तकाली !

शक्तिकी आदि स्रोत तिमी
तिमीबाटै निसृत ऊर्जा
बोकेर हिाड्नेहरूले
जब ललकार्छन् नि मेरो अस्तित्व
हो, यहीा तिम्रो अकर्मण्यताले
मलाई नारा लगाउन बाध्य पार्छ
म उचाल्छु हात र बजार्छु खुट्टाहरु

तर दुर्गे !
किन तिम्रा दस हातहरु
मेरा निम्ति भने एउटै पनि
उठ्दैनन् ?

महाकाली !
तिम्रो रौद्रताले
मात्र सदियौंदेखि सत्ताको सिंहासनमा रहेका
देवताकै सुरक्षा गर्छ
भने
हे चण्डिके !
बारबार
अनि बारम्बार
म त्यही सत्तालाई ललकार्छु !

के तिमी कहिल्यै
उपासनाका नाममा
तिम्रा अघि घुाडा नटेक्नेहरुकी
हुन सक्दिनौ कालिके ??

तिमी वृन्दा र वृन्दाहरुका
अस्तित्वका लागि बोल्दिनौ भने
म तिमीले सुरक्षा गरिरहेको
सत्ताको
स्थायी प्रतिपक्षी !
र अब तिमीले बुझ्नुपर्छ कि
यो चिर बागी भुइामान्छे
तिम्रा लागि पनि खतरा हो !!

प्रकाशित : आश्विन २७, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?