१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

घरभित्रको घर

कविता
मल्लिका शाक्य

काठमाडौँ — हाम्रो घरमा दुई घरको बास छ
एउटै रुखका दुई हाागाहरु पूर्व–पश्चिम
फैलिएजस्तै

घरभित्रको घर

हाम्रो घरमा दुई घरको बास छ
एउटै रुखका दुई हाागाहरु पूर्व–पश्चिम
फैलिएजस्तै
प्रकृतिले लामो फेहरिस्त पठाइदिएको छ
यो साल हाम्रो ठेगानामा
अवाक छु साथी म
नियतिप्रति
कलम काटेर
बिरुवा त एउटै रोपेका थियौं हामीले

वल्लो घर फस्टाउादै छ
नयाा गारो थपिएको छ त्यसमा
दलिनहरु फेरिएका छन्
बिहा–भोजभतेरका रंगरोगनहरु ।
तिम्रा धाईसुसारेहरु
गोडमेल गर्छन्
मलजलले हुर्काउाछन् तिम्रा पौधाहरुलाई
मसान्तमा तलब थाप्छन्,
संक्रन्तिमा तरुल टक्र्याउाछन्
एउटा सानो सभ्यता मौलाउादै छ
घरको बोलीमा व्यवहारको लय रङ्मंगिएको छ ।

अर्को घर समाधिस्थ छ सायद
मरेका काठहरु मक्किादै छन् क्रमश:..
तर जीवित जुर्मुराएका छन्
जंगली लहराका हरियाभरिला आगालामा
बेरिंदै बेरिंदै
बडेमाको रुखभित्र अटाउादै गएको छ घर
चराहरु ठुङ्छन् तिनलाई
गुाडमा बचेराहरु हुर्कंदै छन्
हुरी चल्दा वल्लो घरभन्दा भित्रसम्म पुरिन्छन् माटोका पत्रैपत्र
पानी पर्दा वल्लो घरभन्दा भित्रसम्म सिञ्चित हुन्छ यो घर
अनि हिउादमा
सिरेटो छिर्छ
घरको जगदेखि धुरीसम्म
ठिहिर्‍याउाछ घर, कर कर्मर्‍याउने गरी ।

घर भन्छ
मैले जीवनलाई जीवनजस्तै गरेर बााचेको छु
घामसाग उज्यालोको साइनो गाासेको छु,
जूनसाग सपनाको
भीरमौरीसाग मीत लाएर महको स्वाद
चाखेको छु,
रातसाग सन्नाटाको
औंसीको तेस्रो प्रहर आएर रूङ
मेरा कोठाचोटाहरुमा
तिमी देख्नेछौ
सय वर्षको इतिहास लमकलमक हिंड्छ मेरो धर्तीमा
सहस्र शताब्दीका ताराहरु टिलपिल गर्छन् मेरा आकाशमा

घर भन्छ
तिमी नडराऊ, श्रष्टा,
तिमीभित्रको तिम्रो आफ्नो घर हुा म
आत्मसात् गर मलाई
हुन सक्छ कुनै दिन
तिमी आफैंलाई भेटाउनेछौ
मेरो सुत्ने कोठामा
सानो खोपीको पिँजडाभित्र ।

प्रकाशित : आश्विन २७, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?