पोखरी प्रेम

सम्पदा
कान्तिपुर संवाददाता

काठमाडौँ — जलबायु परिवर्तनले हुन सक्छ पाँचथरका धेरै पोखरी सुख्दै गएका थिए । तीनै पोखरीले पछिल्लो समय मानव प्रेम पाउन थालेका छन् । जैविक विविधताको संरक्षण र पर्यटन विकास गर्न तम्सिएका स्थानीयले पोखरी प्रेम गर्न थालेका हुन् । मान्छेको माया पाउन थालेपछि धेरै पोखरीले पुनर्जीवन पाएका छन् ।

पोखरी प्रेम

अस्तित्व नै नामेट हुने अवस्थाका पोखरीको पुरानो सौन्दर्य नै फर्किएको छ । यसले स्थानीयस्तरको पर्यटन प्रवद्र्धनमा रोमाञ्चकतासहित रौनकता भित्र्याएको छ । रैथानेले सरकारी गैरसरकारी सहयोगमा पोखरी संरक्षण बढाएका हुन् । सुकेर मूलविहीन बनेका पोखरीमा अन्यत्र मुहानको पानी पाइपबाट ल्याएर लगाइयो । कतिपयको बाँध हालियो । भल बाढी पसेर ढुंगा–माटाले पुरिएकालाई सफा गरियो । यसरी स्याहारिएपछि केही समयअघिसम्म नाम मात्रका रहेका धेरै ताल साँच्चिकैका ताल बनेका छन् । मिक्लाजुङ–६, लिम्बा लेकगाउँको गुदाला–भुजाला, फिदिम नगरपालिका–८ को साधुटार पोखरीले संरक्षण पाए ।


त्यसैगरी हिलिहाङ–६, को जोरपोखरी, याङ्वरक गाउँपालिका–६ नागीस्थितको कालापानी ताल पनि स्याहारिए । अहिले यातायात पहुँचका गुदाला–भुजाला, साधुटार, जोरपोखरी, कालापानीमा देशी विदेशी पर्यटकको घुइँचो लाग्दो छ । यी पोखरीहरूमा मेची मार्ग हुँदै पुग्न सकिन्छ ।


–नारायण तुम्बापो

प्रकाशित : कार्तिक १७, २०७५ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?