कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

बूढेसकाल र प्रेम

कविता
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रिय !
डुब्दै गइरहेको ऊ त्यो
डााडामाथिको घामलाई हेर !

बूढेसकाल र प्रेम

प्रिय !
डुब्दै गइरहेको ऊ त्यो
डााडामाथिको घामलाई हेर !
जीवनको अन्तिम टाकुरामा उभिएर
अस्थिपञ्जर मात्रै बााकी रहेका हामी
र प्रचण्ड राप सकिएको त्यो घाम
दुवै उस्तै–उस्तै लाग्छ
र, अस्ताउादै छौं हामी केहीबेरपछि
त्यसैले आऊ प्रिय आऊ
सुखदु:ख साटौं अस्ताउनुअघि ।

ऊ हेर !
कसरी मुस्कुराइहरेछ घाम
अन्तिम घडीमा पनि
जो कहिल्यै उदाउन सक्ने छैन
आजैको दिन यसैगरी अब
तैपनि अफसोस छैन उसलाई
बिल्कुल हामीलाई जस्तै
त्यसैले यो स्वर्णिम क्षण
लहसिादै लहसिादै आऊ
मेरो समीप तिमी
लजाउादै लजाउादै म पनि
सुस्तरी बढुाला तिमीतिर
र, आाखा बन्द गरेर
तातो श्वास फाल्दै
गहिरो चुम्बन गर मलाई
लाजले मेरो नजर झुक्नेगरी
र, फर्काऊा त्यो जवानी एकफेर
जिन्दगीको अन्तिम टापुमाथि बसेर !

नबसेको वर्षौंं भइसक्यो
हाम्रा प्रेमिल दृश्यहरु
कसैको आाखाको रेटिनामा
अब त झनै देख्नेछैनन्
आफ्नै सन्तानहरुले पनि
सिर्फ तिम्रो आाखामा म
मेरो आाखामा तिमी
त्यसैले नडराऊ
आऊ समाऊ हातहरु
छोड्दै गरेको यो रंगमञ्चमा
अन्तिम पटक सागसागै मञ्चन गराौ
एउटा सुन्दरतम् नाटक
र, थपौं स्मृतिको अर्को पाना ।

जे–जे गर्नु छ आजै गरौं
जे नगर्नु छ त्यो पनि गरौं
डुब्दै छ जिन्दगी शनै–शनै
क्षितिजको अनन्त गहिराइमा
त्यसपछि सागै पुगिन्छ या पुगिन्न
उदाउने लागेको अर्को संसारमा ?
त्यसैले आऊ प्रिय !
जिन्दगीको यो अन्तिम घडीमा
बााकी भोक नरहने गरी
जे–जे गर्नु छ आजै गरौं ।

-सीता तुम्खेवा

प्रकाशित : कार्तिक १७, २०७५ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?