जीवनी

कविता
राजव

काठमाडौँ — म पिंढीमा बसेर क ख ग पढ्दै
अक्षरहरुको बनोट सिक्दै हुन्थें
बा गाउालेका
फााट, फााटका
खेतहरुमा कोदाली खन्दै हिाड्थें

म पिंढीमा बसेर क ख ग पढ्दै

अक्षरहरुको बनोट सिक्दै हुन्थें

बा गाउँलेका

फााट, फाँटटका

खेतहरुमा कोदाली खन्दै हिँड्थें


किताबहरुले भरिएको झोला बोकेर

म स्कुल हिाड्थें

बा कााधमा कोदाली भिरेर

गाउालेको पर्म तिर्न

फााटतिर झर्थे


म स्कुलमा जोड, घटाउ, भाग सिक्दै

दुनोट घोक्दै हुन्थें

वा पिठ्युामा

मलको बडेमानको भारी बोकेर

घर, खेत

खेत, घर

गरिरहन्थे


बा रोपाइाका खेतहरुमा

बाउसे गर्दै हिाड्थे

म अंग्रेजी व्याकरणका टेन्सहरु

घोक्दै हुन्थें


बा आफ्ना, अरुका

खेत–बारीका

डल्ला फोरिरहेका हुन्थे,

म कलेजको कक्षाहरुमा

प्राणीशास्त्र, वनस्पति विज्ञान र

रसायनशास्त्र पढ्दै हुन्थें


बा आफ्ना खेतका

अरुका खेतका

धान चुट्थे

परालको कुन्यु लाउाथे

म कलेजमा

मानव शरीरका

मुटु, कलेजो पढ्दै

भ्यागुतो चिरफार गर्दै हुन्थें


कोदाली खन्दै

हातमा ठेला पार्दै

बा मेरो राम्रो जीवनी लेखेर बिते


जसको शीर्षक थियो

एक विद्वान् प्रोफेसर ।

प्रकाशित : मंसिर १, २०७५ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?