कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

डाक्टर : भ्रम र यथार्थ  

प्रतिक्रिया

काठमाडौँ — ‘डाक्टरदेखि डर लाग्छ’ शीर्षकको लेख मैले अनलाइनमा पढें । म पनि डाक्टर हुँ । लेख पढ्दा मलाई एकदम नराम्रो लाग्यो । यो लेखले सबै (डाक्टर) लाई एउटै डालोमा हालेको छ । त्यो गलत हो । त्यसले गर्दा केही असल काम गर्दै आएका चिकित्सक वर्गलाई निरुत्साहित पार्न सक्छ ।

डाक्टर : भ्रम र यथार्थ  

लेखमा एउटा सर्वसाधारण सेवाग्राहीले चिकित्सा क्षेत्रबारे राखेको इम्प्रेसन झल्कन्छ तर सर्वथा सबै डाक्टर स्वार्थले घेरिएका हुन्छन् भन्न मिल्दैन । यो गम्भीर मामला हो । हामी डाक्टरको व्यवहारले बिरामीहरू हामीसँग डराउँदै छन् ? योबारे अब छलफल र बहस हुनैपर्छ । समाजमा राजनीतिक नेताको जस्तै इमेज डाक्टरको बनेमा के होला ? सोच्नु जरुरी छ ।

—डा. सौरभ शर्मा

ललितपुर

[email protected]


कात्तिक १७ को कोसेलीमा प्रकाशित डाक्टर सन्त्रासबारेको लेखमार्फत निकै महत्त्वपूर्ण विषय उजागर भएको छ । नेपालमा शिक्षा र स्वास्थ्य सेवामा भएको व्यापारीकरणले सीमा नाघिसकेको छ । यो क्षेत्रको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने हो तर सरकार बेखबरझैं लाग्छ । चिकित्सा क्षेत्रको कुरा गर्दा हावा नचली पात हल्लिँदैन भन्ने भनाइ सर्वत्र चलेकै छ । एउटा सेवाग्राही अथवा बिरामीले आफूसामु रहेको डाक्टरलाई लिएर मनमा राखेको सन्त्रास आफैंमा अर्को एउटा रोग हो । मेडिकल काउन्सिलले पनि देखावटी रूपमा होइन, चिकित्सा र चिकित्सक क्षेत्रका बारेमा गम्भीरताका साथ अनुगमन/मूल्यांकन गर्नैपर्ने हुन्छ । अहिले हाम्रा डाक्टरहरूको छवि नेताजस्तै बन्ने क्रममा छ । आफ्नो छविलाई अरूले होइन, डाक्टर स्वयमले जोगाउनु जरुरी छ ।

—पूजा खत्री

जोरपाटी

[email protected]

प्रकाशित : मंसिर १, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?