३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

संकटमा प्रेम

कविता
मनोज बोगटी

काठमाडौँ — कानमा आएर
जोडजोडले प्रेमको कुरा गर्नुको के अर्थ हुन्छ?

संकटमा प्रेम

कानमा आएर

जोडजोडले प्रेमको कुरा गर्नुको के अर्थ हुन्छ?


कुनै सुन्दर औंलाले बारम्बार आाखा घोच्छ

र फैलाउाछ

कााडेतारको अङ्गालो

घाउमा गाड्छ कााडाको रुख

ओठलाई सेता मिलेका दाातहरुले

बेस्सरी टोक्छ


कोमल अङ्गहरुमा राख्छ धारिलो छुरा

अनि सुनाउाछ—

‘प्रेम भनेको त्याग पनि हो’


यति सुन्दर क्रूरताको रङ छर्केर गुलाफमा

मलाई उपहार दिन्छ


साथीहरु भन्छन्—

तिम्रो प्रेम ट्रिगरमा बााधिएको छ

जत्ति तन्काउाछौ उत्ति खतरा छ

मलाई थाहा छ—

बन्दुकको नोकतिर फर्केको मेरो प्रेम किन असाध्य रोगी छ?


विशाल चट्टानमा उम्रिएको रुखको एउटा हाागामा पर छ

फुलेको एउटा असाध्यै सुन्दर फूल


त्यसको फोटो खिचेर फोटोग्राफरले शीर्षक दिएको छ

–जीवन ।


म सोच्छु—

संकटको भाषा शालीन हुन्न


जो मलाई प्रेम गरिरहेका छन्

सायद संकटमा छन् ।

प्रकाशित : मंसिर ८, २०७५ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?