काठमाडौँ — घरीघरी आँखामा नाचिरहने
त्यो घँसिनी मुनाको गीत
उसको टल्केको कचिया
त्यत्तिकै अलपत्र थिए ।
घरीघरी आँखामा नाचिरहने
त्यो घँसिनी मुनाको गीत
उसको टल्केको कचिया
त्यत्तिकै अलपत्र थिए ।
क्रूर लिंगहरुले
सुइँकुच्चा ठोकिसकेका थिए
उसलाई बेहोस छोडेर ।
चराले बोकेरै उड्छ आफूसँग आकाश
मदनले बोकेरै हिँड्छ भाग्य
यस्तै के के सम्झिँदै
मदनलाई
कतार एयरवेजमा चढाएर
सिमसार आँखा बोकी
सिधै गए देवकोटा वीर अस्पताल
जहाँ ऐय्या–आत्थुहरुसँग जुझ्दै छे मुना ।
एक हूल भोका लिंगहरूको आक्रमणमा परेकी
मुनाको योनिमा
दुखिरहेको छ एउटा सिंगै समय ।
थुप्रै सिलाइ परेको छ स्वाभिमानमा ।
उसका विस्फारित आँखाले भन्दै छन्
लौन नि कसले सल्काउने हो डढेलो
जूनघामबिनाको यो लिंगवनमा ।
कहिले आउला त्यो भानुभक्त
‘वरशिक्षा’ लेख्न
‘लोकको हित’ गर्न ।
कालेबुङ (भारत)
प्रकाशित : मंसिर १५, २०७५ ०८:४३प्रतिक्रिया