१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भूगोल

कविता
कुन्दन काफ्ले

काठमाडौँ — म यौटा भूगोल
भूगोलको कुनै देश हुँदैन
भाषा अनि भेष हुँदैन
भूगोलको कुनै प्रहर हुँदैन

म यौटा भूगोल

भूगोलको कुनै देश हुँदैन

भाषा अनि भेष हुँदैन

भूगोलको कुनै प्रहर हुँदैन

जात पात अनि थर हुँदैन

बत्तीले झिलिमिली सहर हुँदैन

इच्छा अनि रहर हुँदैन

आफ्नो भन्ने घर हुँदैन

भूगोलको कुुनै पसन्द हुँदैन

चिनारी झल्कने सुगन्ध हुँदैन

भूस्खलन हुन्छ तड्पन हुँदैन

विशृङ्खलित विगत र बचपन हुँदैन।


दक्षिणको आाखामा मिथक हो भूगोल

पश्चिमको आाखामा पृथक् हो भूगोल

किनकि,

भूगोलको छुट्टै भर्सन हुँदैन

मौलिकपन र बेग्लै दर्शन हुँदैन ।


भूगोलको कुनै रुप हुँदैन

भन्ने, थुन्ने उसको मुख हुँदैन

दया धर्म, आस्थाको रुख हुँदैन

अर्म, पर्म, सर्मको भुख हुँदैन ।


भूगोललाई अन्तरघात हुँदैन

ऊ बहकिने बात हुँदैन

बरालिने उसले रात हुँदैन

लाग्ने उसलाई मात हुँदैन

बचाइराख्नुपर्ने जात हुँदैन

त्यसैले,

विज्ञहरुले जसरी परिभाषित गरे, गर्छन्

भूगोलले त्यसरी नै उद्धृत हुनुपर्छ

विज्ञहरुले जसरी अर्थ लगाए, लगाउँछन्

भूगोलले त्यसरी नै मुद्रित हुनुपर्छ ।


किनकि,

भूगोलको कुनै विधि हुँदैन,

निधो गर्न सक्ने उसको गिदी हुँदैन ।

त्यसैले आऊ, भूगोलका साहु

वैमनस्यतालाई अझै फैलाऊ

मिलेर खाऊ र भत्काऊ

सहिष्णुताको यो शान्त तलाउ

अभिमानले मत्त भएर फेरि,

लगाउादै जाऊ सेखीमा ताउ

नभए तृप्त, नमरे हवस,

राखेर सञ्चित गरिमाको दाउ

घोप्टेको आफ्ना दुनो सोझ्याऊ

पुनश्च:

नबने बात, नलागे हात

अजमाउादै जाऊ भूगोलको भाउ

बालसुलभ मन त्यसको सूली चढाऊ

निचोर्दै अनि चिथोर्दै पनि

गर्विलो छातीलाई अझ चर्काऊ

छियाछिया पार स्वाभिमानी पाउ

चिमोट्दै अनि निमोठ्दै गर

आर्तहरुको चहराइरहेको घाउ

दीनदु:खीको त्यो निरीह ह्याउ

गदगद भएर हर्षले अनि,

गर याहु याहु गर वाहु वाहु

खुच्चिङ मच्चाऊ, घुच्चिङ मच्चाऊ


किनकि,

भूगोललाई लाग्ने चोट हुँदैन

दरिने यसमा खोट हुँदैन

थलाउने यसलाई नोट हुँदैन

जलाउने चुनाव र भोट हुँदैन

त्यसैले हे विधाता !

गर जे जे गर्नु छ यहाँ,

छर जे जस्तो छर्नु छ यहाँ,


किनकि,

भूगोल कसैको मौज्दात हुँदैन

रगतले सिञ्चित सौगात हुँदैन

गौरवशाली पुर्खाको प्रभात हुँदैन

वीरताको गाथा र प्रताप हुँदैन ।

प्रकाशित : मंसिर १५, २०७५ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?