नेपालभरि अमेरिका

कविता
गणेश श्रेष्ठ ‘अपेक्षा’

काठमाडौँ — पहिलेपहिले पर्यटक भएर नेपालमा कहिलेकाहीं देखिने अमेरिकासामाजिक विकासको भेषमायशुको दूत भई बाइबल बााडी हिँड्दाहिँड्दै स्कुल, मन्दिर, गुम्बा, मस्जिदहरुभित्रै पसेरडुलिरहेको छ नेपालभरि ।


पहिलेपहिले पर्यटक भएर

Yamaha

नेपालमा कहिलेकाहीं देखिने अमेरिका
सामाजिक विकासको भेषमा
यशुको दूत भई बाइबल बााडी हिँड्दाहिँड्दै
स्कुल, मन्दिर, गुम्बा, मस्जिदहरुभित्रै पसेर
डुलिरहेको छ नेपालभरि।

आफूले चाहेकै बेला, बिनारोकतोक
रातो कार्पेटमा टेक्दै
तारे होटल हुादै मन्त्रालय पसेपछि
विशेष मेजमानीका फाइलहरुमा पोखिएर
आयोजना र अनुदान बनेर अमेरिका
छरिन्छ सिंहदरबारबाट नेपालभरि अमेरिका।

सपनाको संसार, अवसरहरुको भूमि
चाहेजति पैसा
रुखबाट पात टिपेझैं
समुद्रमा झैं आफूखुसी
सुनको स्वर्ग अमेरिकामा
कोही आफूखुसी छिरेका छन्
कोही पछाडिको ढोकाबाट आएका छन्
झ्याल, भेन्टिलेसनबाट आएका छन् कोही।

पसेपछि निस्कनै मुस्किल— पिरतीजस्तै
डुबेपछि उत्रनै कठिन— डुङ्गाजस्तै
अमेरिकामा हुनेहरुले
फेसबुक, इन्स्टाग्राममा
सधैं सम्पन्न/सुखी अपलोड गर्छन् आफूलाई
अपलोड हुादै बााढिरहेका छन् आफन्तलाई
उपहारमा अमेरिका।

वृद्ध आमाबाका लागि चाडपर्व खर्च
लुगाफाटा, गहना बनेर आउने अमेरिका
युवायुवतीका हातमा लेटेस्ट भर्सनका
मोबाइल, ट्याब्लेट, ल्यापटप बनेर फिंजिन्छन्
कतै विकास भएर देखिने अमेरिकाले
सबैले देख्ने–सुन्ने गरी भन्दा
धेरैले थाहा नपाउने गरी लिन्छ अमेरिकाले।

प्रकाशित : मंसिर १५, २०७५ ०८:४७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

भूगोल

कविता
कुन्दन काफ्ले

काठमाडौँ — म यौटा भूगोल भूगोलको कुनै देश हुँदैनभाषा अनि भेष हुँदैनभूगोलको कुनै प्रहर हुँदैन

म यौटा भूगोल
भूगोलको कुनै देश हुँदैन
भाषा अनि भेष हुँदैन
भूगोलको कुनै प्रहर हुँदैन
जात पात अनि थर हुँदैन
बत्तीले झिलिमिली सहर हुँदैन
इच्छा अनि रहर हुँदैन
आफ्नो भन्ने घर हुँदैन
भूगोलको कुुनै पसन्द हुँदैन
चिनारी झल्कने सुगन्ध हुँदैन
भूस्खलन हुन्छ तड्पन हुँदैन
विशृङ्खलित विगत र बचपन हुँदैन।

दक्षिणको आाखामा मिथक हो भूगोल
पश्चिमको आाखामा पृथक् हो भूगोल
किनकि,
भूगोलको छुट्टै भर्सन हुँदैन
मौलिकपन र बेग्लै दर्शन हुँदैन ।

भूगोलको कुनै रुप हुँदैन
भन्ने, थुन्ने उसको मुख हुँदैन
दया धर्म, आस्थाको रुख हुँदैन
अर्म, पर्म, सर्मको भुख हुँदैन ।

भूगोललाई अन्तरघात हुँदैन
ऊ बहकिने बात हुँदैन
बरालिने उसले रात हुँदैन
लाग्ने उसलाई मात हुँदैन
बचाइराख्नुपर्ने जात हुँदैन
त्यसैले,
विज्ञहरुले जसरी परिभाषित गरे, गर्छन्
भूगोलले त्यसरी नै उद्धृत हुनुपर्छ
विज्ञहरुले जसरी अर्थ लगाए, लगाउँछन्
भूगोलले त्यसरी नै मुद्रित हुनुपर्छ ।

किनकि,
भूगोलको कुनै विधि हुँदैन,
निधो गर्न सक्ने उसको गिदी हुँदैन ।
त्यसैले आऊ, भूगोलका साहु
वैमनस्यतालाई अझै फैलाऊ
मिलेर खाऊ र भत्काऊ
सहिष्णुताको यो शान्त तलाउ
अभिमानले मत्त भएर फेरि,
लगाउादै जाऊ सेखीमा ताउ
नभए तृप्त, नमरे हवस,
राखेर सञ्चित गरिमाको दाउ
घोप्टेको आफ्ना दुनो सोझ्याऊ
पुनश्च:
नबने बात, नलागे हात
अजमाउादै जाऊ भूगोलको भाउ
बालसुलभ मन त्यसको सूली चढाऊ
निचोर्दै अनि चिथोर्दै पनि
गर्विलो छातीलाई अझ चर्काऊ
छियाछिया पार स्वाभिमानी पाउ
चिमोट्दै अनि निमोठ्दै गर
आर्तहरुको चहराइरहेको घाउ
दीनदु:खीको त्यो निरीह ह्याउ
गदगद भएर हर्षले अनि,
गर याहु याहु गर वाहु वाहु
खुच्चिङ मच्चाऊ, घुच्चिङ मच्चाऊ

किनकि,
भूगोललाई लाग्ने चोट हुँदैन
दरिने यसमा खोट हुँदैन
थलाउने यसलाई नोट हुँदैन
जलाउने चुनाव र भोट हुँदैन
त्यसैले हे विधाता !
गर जे जे गर्नु छ यहाँ,
छर जे जस्तो छर्नु छ यहाँ,

किनकि,
भूगोल कसैको मौज्दात हुँदैन
रगतले सिञ्चित सौगात हुँदैन
गौरवशाली पुर्खाको प्रभात हुँदैन
वीरताको गाथा र प्रताप हुँदैन ।

प्रकाशित : मंसिर १५, २०७५ ०८:४७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT