३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नेपालभरि अमेरिका

कविता

काठमाडौँ — पहिलेपहिले पर्यटक भएर
नेपालमा कहिलेकाहीं देखिने अमेरिका
सामाजिक विकासको भेषमा
यशुको दूत भई बाइबल बााडी हिँड्दाहिँड्दै
स्कुल, मन्दिर, गुम्बा, मस्जिदहरुभित्रै पसेर
डुलिरहेको छ नेपालभरि ।

नेपालभरि अमेरिका

पहिलेपहिले पर्यटक भएर

नेपालमा कहिलेकाहीं देखिने अमेरिका

सामाजिक विकासको भेषमा

यशुको दूत भई बाइबल बााडी हिँड्दाहिँड्दै

स्कुल, मन्दिर, गुम्बा, मस्जिदहरुभित्रै पसेर

डुलिरहेको छ नेपालभरि ।


आफूले चाहेकै बेला, बिनारोकतोक

रातो कार्पेटमा टेक्दै

तारे होटल हुादै मन्त्रालय पसेपछि

विशेष मेजमानीका फाइलहरुमा पोखिएर

आयोजना र अनुदान बनेर अमेरिका

छरिन्छ सिंहदरबारबाट नेपालभरि अमेरिका ।


सपनाको संसार, अवसरहरुको भूमि

चाहेजति पैसा

रुखबाट पात टिपेझैं

समुद्रमा झैं आफूखुसी

सुनको स्वर्ग अमेरिकामा

कोही आफूखुसी छिरेका छन्

कोही पछाडिको ढोकाबाट आएका छन्

झ्याल, भेन्टिलेसनबाट आएका छन् कोही ।


पसेपछि निस्कनै मुस्किल— पिरतीजस्तै

डुबेपछि उत्रनै कठिन— डुङ्गाजस्तै

अमेरिकामा हुनेहरुले

फेसबुक, इन्स्टाग्राममा

सधैं सम्पन्न/सुखी अपलोड गर्छन् आफूलाई

अपलोड हुादै बााढिरहेका छन् आफन्तलाई

उपहारमा अमेरिका ।


वृद्ध आमाबाका लागि चाडपर्व खर्च

लुगाफाटा, गहना बनेर आउने अमेरिका

युवायुवतीका हातमा लेटेस्ट भर्सनका

मोबाइल, ट्याब्लेट, ल्यापटप बनेर फिंजिन्छन्

कतै विकास भएर देखिने अमेरिकाले

सबैले देख्ने–सुन्ने गरी भन्दा

धेरैले थाहा नपाउने गरी लिन्छ अमेरिकाले ।

प्रकाशित : मंसिर १५, २०७५ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?