काठमाडौँ — हल्लाउँदै जगर
सााघुरो चरनमा चरिरहेको कुनै दिन
उनीहरु आए र फकाए
हल्लाउँदै जगर
सााघुरो चरनमा चरिरहेको कुनै दिन
उनीहरु आए र फकाए
एक िदन विशाल घाँसे मैदान हुनेछ तिमीसँग
मागे पसिनाले ओसिला हातहरु
भने– अवश्य आउनेछ तिम्रो दिन
त्यही दिन उसले बोक्यो
आफ्नो रगत जस्तै रातो झन्डा
र दस्तावेजले भरिएको झोला
हिउादका चिसा रातहरुमा
गर्मिका लु–ग्रस्त दिनहरुमा
कहिले चपाउँदै घागारूको कााचो दाना
कहिले बज्रिँदै दल्छिन ढुंगाको डगरमा
हिंिडरह्यो अनवरत
बिर्सियो जवानीको रङ र आफ्नो सानो संसार
लगाम र कोर्राले जता संकेत गर्थे
बोकेर पिठ्युामा उनीहरुलाई दौडिरह्यो
यो लडाइँमा ऊ पटक–पटक मारियो
मर्दामर्दै फेरि सुन्यो आदेश
र फेरि उठ्यो
दौड्यो उसैगरी
कि उसको आँखामा थियो जग्मगाउँदो ‘हरियो सपना’
एक दिन अवश्य हुने छ विशाल घाासे मैदान
बचेका बथान हिन्हिनाउादै चर्ने छन् स्वतन्त्र
हुने छ आफ्नै भूमि
बेलगाम टाप बजाउँदै बाँच्नेछन्
ऊ उठ्यो र हिंडिरह्यो
नभन्दै एक दिन झन्डाको जित भो
झन्डाको मालिकभन्दा खुसी थियो ऊ
भन्यो– अब खोलिदेऊ मेरो मुखको करेली
पिठ्युाको लगाम र फालिदेऊ कोर्रा
बेलगाम दौडिन चाहन्छु यो घाासे मैदानभरि
हेर्न चाहन्छु मेरो बथानको अनुहारमा
खुसीको उज्यालो रङ
विडम्बना !
कोर्रा मारियो उसलाई
भनियो– घोडाले मान्छे हुने सपना देख्नु हुादैन
उसलाई फेरि थन्क्याइयो नयाँ तबेलामा
अर्को बिहान
गाडिए घाँसे मैदानभरि रङ–रङका झन्डाहरु ।
प्रकाशित : मंसिर २२, २०७५ ०८:४७