काठमाडौँ — आँखाबाट तप्प सूर्य हत्केलामा झर्छ,
दिन झोक्राउँदै उठ्छ
र चाल्छ मुर्झाएका पाइलाहरु ।।
आँखाबाट तप्प सूर्य हत्केलामा झर्छ,
दिन झोक्राउँदै उठ्छ
र चाल्छ मुर्झाएका पाइलाहरु ।।
हिजो रातभर लुटिएकी
यौवनाको रातो रगत,
पोखिन्छ
हिमालको सिउँदोदेखि पाउसम्म ।
ओहो कति रक्तिम छ हिमाल !!
बुटका आवाजहरुले,
बाटाहरु झस्कन्छन्
र आङ तान्दै तङ्ग्रन खोज्छन् ।।
बाटोले भुलिसक्यो
को को थिए,
रातभर बाटो नाप्ने लुटेराहरु ?
उस्ले सँुघ्न सक्दैन वीर्यका डीएनएहरु !!
टाउको काटेर मिल्काएका लामखुट्टेहरु
नालीबाट उड्छन् र
ओठमा टेकेर
खुट्टाहरुले रगत चुस्छन् ।
सामूहिक रात्रिभोजपछि
पुन: निर्धक्क घुस्छन् बस्तीभित्र !!
बाटोभरि
उखुघारीको छेको पारेर,
अपरिचित छायाहरु
बलात्कारमा व्यस्त छन् ।
बाटोको डिलमै
घाँटीमा छुरीको धार नाप्दै छन् कोही ।
तर, हिँडिरहन्छ दिन
सहायता माग्ने हातहरु पन्छाउँदै !!
निर्दोष जोर हातहरु काटेर,
हत्कडी लगाउने नाडी खोज्नु
यही मूर्खतालाई
तिम्रो बाहादुरी मानेर हिँड्नुपरेको छ ।।
उसलाई
र हामीलाई पनि,
मदिरामा लठ्याएर
एउटै मूर्तिलाई,
हिजो मान्छे भन्छौ
आज भगवान्,
र भोलि राक्षस ।
हो भीडमा
मान्छे, देवता र राक्षस
एउटै अनुहार बोकेर हिँड्छन् !!
हामी चिन्दैनौं,
चिनाएकाहरुलाई
हेर्छौं,
पुज्छौं,
थुक्छौं,
मृत तर्क,
विवेक मृत ।।
आँखाका पट्टि बाँधेकी देविका
आफ्नै गान्धारी पुत्रहरु
बलत्कारमा हिँडेपछि,
कठघरामा उभिएरै
छिनछिनमा परिचय फेर्छ
अपरिचित छ्यासमिसे छाया ।
र, न्यायासनमा गजधम्म धृतराष्ट्र !!
साभँm
नकोतरिएको सग्लै अस्मिता जोगाएर
ज्युँदै फर्केकोमा
विस्मयले
हत्तपत्त गजबार ठोकेर
ढोका ढप्काउछ घाम ।
धेरै पो भो उज्यालो सुतेको !!
दिनमा रात
रातमा दिन,
कति गाढासाग घुलेको
कसै कसैलाई
दिनमा रात र
रातमा दिन ।।
यहाँ अझै,
आँसुको थोपाहरुबाट हत्केलामा
जून झरेको छैन ।।
नीर नयनले
तिमी हेर्दै होलाऊ नि (निर्मला)
यहाँ अझै जून उदाएको छैन ।।
-शेखर आचार्य
प्रकाशित : मंसिर २९, २०७५ ०८:१३