एस एन्ड डब्लू ५००

कविता
विमल निभा

काठमाडौँ — एक सन्की यान्कीको
क्रूर विक्षिप्तताले
हत्या गर्‍यो
स्कुल जान हिंडेका
ससाना शिशुहरुलाई

एक सन्की यान्कीको

क्रूर विक्षिप्तताले

हत्या गर्‍यो

स्कुल जान हिंडेका

ससाना शिशुहरुलाई


यो सामान्य घटना थियो

संयुक्त राज्य अमेरिकाको

यस्तो त भई नै रहन्थे

क्यालिफोर्निया, लुजियाना, टेक्सस,

फ्लोरिडा, जर्जिया, मिजौरी,

न्युजर्सी, मिनासोटा, डेन्भर,

एरिजोना, अर्कान्स, इन्डियाना

आदि राज्यहरुमा बरोबर

यो कुनै नयाँ कुरो थिएन

त्यसैले दोस्रो दिनको

यूएसए मिडियाले यसको

संक्षिप्त जानकारी दियो—

जस्तो हत्या गर्ने हत्याराको

कुनै खास वर्णन थिएन

एकाध निकै हलुका र

अधुरा वाक्यबाहेक

अनि अनाहकमा मारिएका

निर्दोष बालबालिकाहरु पनि

गाढा ओझेलमा परेका थिए

मानौं, यो कुनै समाचार नै होइन

हो, हत्यामा प्रयोग गरिएको

हतियार खुबै चर्चामा थियो

एस एन्ड डब्लू ५००

म्यागनन रिबोल्भर !


सुप्रसिद्ध गन कम्पनी

स्मिथ एन्ड बेन्सनको

जियान्ट बुलेट लोडेड

शक्तिशाली रिबोल्भरको

मूल्य– १०५५.९ डलर

यसको लेदर होल्सटरको

मूल्य– ३०५.७ डलर

भारी एम्मो गोलीको

मूल्य १३५.३ डलर

गोलीयुक्त ब्रासलेटको

मूल्य– ५११.९ डलर

एस एन्ड डब्लू ५००

चिह्नअंकित नयाँ टिसर्टको

मूल्य– ३३.१० डलर ।

प्रकाशित : पुस ७, २०७५ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?