त्यो पाकेटमार

भोगाई
मेरो दुर्भाग्य, त्यो ढोकाछेउकै पाकेटमार नम्बर एक खोक्दै फेरि मलाई धकेलेर ढोकाबाहिर थुक्यो । तिनीहरूबीचको सेटिङ हुनुपर्छ सायद । 

काठमाडौँ — अस्ति भर्खर एक दैनिकमा पढेको थिएँ, पकेट मारेरै करोडपति भन्ने समाचार । मलाई रौंचिरा रिस उठ्यो । मैले पाए त ती पाकेटमारहरूलाई ?

त्यो पाकेटमार

मार्‍यो, मार्‍यो, नमज्जाले मार्‍यो । सानोतिनो जंगल के ? निकुञ्ज नै थियो नि । त्यत्रो दु:खले आज्र्याको कमाइ ? दुर्घटना नै भनौं न । हजार अनि पाँच सयका कटकटिएका नोटहरू । सबै धूलिसात भए, छिनभरमैं ।

कहिलेकाहीँ त म आपैंmले आपैंmलाई पनि गाली गर्न मन लाग्छ, कस्तो सुद्धी भनेर ! हुन त कम्ताको चनाखो थिइनँ म प्लेनबाट ओर्लेदेखि । यस्तै घटना होला भनेर एकदमै सजग पनि थिएँ । तर, पनि भै छाड्यो ।

मेरो एउटा जिज्ञासा, के त्यो पाकेटमारले पनि यो दैनिकमा छापिएको यो लेख पढ्छ होला ? फेरि पढ्ने ह्याउ भए चोरेर, पकेट मारेर किन हिँड्थ्यो र ? तैपनि कति प्रतिशत सम्भावना होला, यो लेख त्यो पाकेटमारले पढ्ने ? म सोचिरहेको छु । यो लेख पढेपछि मेरो सोधखोज गरेर पछुताउ मानी फिर्ता गर्न लेराओस् न मेरो खल्ती मारेको पैसा ।

‘आलो घाउमा नुन चुक’ भनेभैंm बेलाबखत ट्याक्सी, गाडीमा छुटेको पैसा फिर्ता गर्‍यो रे भनेर समाचार पढ्दा पनि रिसै उठ्छ भन्या । मेरो त छुटेको नभई थुतेको थियो, पाकेट मारेको थियो । मलाई त खल्ती मात्र होइन, मेरो हृदयमै हात हालेजस्तो भएको थियो ।

***


म आज मुटुमाथि ढुंगा राखी फ्ल्यासब्याकमा जान्छु है त । घटना त्यस्तै पोहोर मंसिरतिरको हो, नेपालको पूर्वी सहरमा एक दिने कामको कन्सल्ट्यान्ट भएर गएको थिएँ । ज्याला राम्रै थियो । गएँ, बसें, काम फत्ते पारें, नगदै बुभेंm ज्याला । कहाँ राखूँ, कहाँ राखूँ भयो । समस्या आउँदा लर्को लाएर आउने रहेछ भनेको, हो रहेछ । काठमाडौंबाट जाँदा सर्टमाथि बाक्लो ज्याकेट खापेको थिँए । मेरो दुर्भाग्य, त्यस्तो मंसिरको बेला पनि तराईको सहरमा गर्मी भएको कारण फर्किने बेला ज्याकेट खोलेर ब्याकप्याकमा कोचेको थिएँ । त्यो पैसा सर्टको अगाडिको खल्तीमा राख्ने कुरा भएन, त्यसैले कार्यक्रमस्थलदेखि एअरपोर्टसम्म ब्यागमै राखें । एअरपोर्टमा चेकिङका क्रममा ब्यागप्याकभित्रको पैसा झिकेर पछाडिको खल्तीमा राखें ।

मेरो दुर्भाग्य, प्लेन केही समय ‘डिले’ भयो । अब अँध्यारो काठमाडौंमा पुगिने निश्चित भयो । विमानस्थलबाट घर पुग्न ३५ किलोमिटर दूरी छिचोल्नुपर्ने थियो । समस्या आउँदा बाजा बजाएर आउँदैन । विमानस्थल ओर्लेपछि सिनामंगलसम्म जानु थियो, त्यहाँसम्म पनि ट्याक्सी रिजर्भ गरेर जाने सोच पलायो । म गेटसम्म आइपुगें । मलाई यतिन्जेलसम्म पनि पाइन्टको अगाडिको खल्तीको पैसा सही सलामत छ भन्ने कुरामा ढुक्क थिएँ । त्यहाँबाट ठूलो खालको बस चढेर सिनामंगलसम्म जाने सोच पलायो ।

कुरेंकुरें ठूलो खाले बस आएन । मेरो धैर्य टुट्दै गयो । ‘भएन हो’ भनेर सानो खाले लोकल मिनिबस चढ्ने मन बनाएँ । अब सानो नै भए पनि मिनिबस नचढी भएन भन्ने सोचले बस चढें ढोकैनेर । लगत्तै खलाँसीले अलि माथि सर्न भने । म अलिकति माथि सरें । अहिले दोहोर्‍याएर सोच्छु न त्यो खलाँसीको पनि तिनीहरूकै ग्याङ मिल्ती छ कि ? एकै छिनमा ढोकानेरकै सिटको प्यासेन्जरले मलाई धकेलेर मिनिबसको ढोकाबाहिर खोक्दै थुक्न लागे । यो उसको स्वाभाविक खोकी थिएन । बनावटी थियो भनौं न । मलाई धकेलेको कारण मैले मेरो ठीक पछाडि सिटको डन्डीमा अडिएर बस्ने मानिसलाई धकेल्नुपर्ने बाध्यता आइलाग्यो । त्यो मंगोलियन अनुहार भएको पात्रले नराम्ररी मुख छाड्यो । चिन्नु न जान्नु अलि सभ्य तवरले भनेको भए भइहाल्थ्यो भन्ने लाग्यो । मुखै छाड्नुपर्छ ? म पनि छोडूँ त्यसो भए ? भयो मैले आँखा तरें मात्र, नराम्ररी आँखा तरें, काँचै खाऊँ कि जसो गरी ।

***


मेरो दुर्भाग्य, त्यो ढोकाछेउकै पाकेटमार नम्बर एक खोक्दै फेरि मलाई धकेलेर ढोकाबाहिर थुत्यो । तिनीहरूबीचको सेटिङ हुनुपर्छ सायद । यो पनि पटकै स्वाभाविक थिएन । मैले फेरि म पछाडिको त्यही पाकेटमार नम्बर दुईलाई धकेल्नुको विकल्प थिएन । मलाई लाग्छ यही दुई टेक, टेक अनि रिटेकमा मेरो पैसा सम्भवत: दमपच भयो । मलाई कति पनि आभास भएन ।

यसैबीच म सिनामंगलमा ओर्लें । बाइक स्टान्डबाट भटभटे निकालें । आफ्नो गुँडतिर हुइँकिएँ । मेरो दुर्भाग्य, मलाई दायाँतिघ्रा अगाडिको खल्तीको पैसा बाँकीको आभास भइरह्यो । मैले किन छामिनँ— खल्तीमा एक पटक पनि । एअरपोर्टदेखि सिनामंगलमा बाइक चढ्ने बेलासम्म । घर पुगेपछि बुढियाले मेरो ब्याकप्याक खै भनेर सोधिन् । मैले जिस्किएर हरायो भन्दिएँ । वास्तवमा मेरो ब्याकप्याक ठूलो छोरालाई यसअघि नै मैले भित्र राख्न दिइसकेको थिएँ ।

जोक त गरियो ब्याकप्याकको तर वास्तविकता अर्कै उजागर हुन थालेको थियो । कोठा छिरेर खल्ती छामें, मेरो होसहवास उड्यो । छैन त नोटको बिटो । हैन होलाजस्तो लाग्यो । ओल्टाई पल्टाई दसचोटि चेक गरें । मेरो अनुहारको रङ निचोरिएको कागतीजस्तै भयो । म आएको बाटो आधाजसो रिप्ले गरें, बाइक निकालेर, पाउने सम्भावनै थिएन । अन्य बेला भए सायद कस्तो सुद्धी, कस्तो होस भनेर कराउँथी होला मेरो बुढिया । तर, मेरो हविगत देखेर मेरो बुढियाले नै उल्टै सम्झाउन थाली कहिलेकाहीँ यस्तै हुन्छ, तपाईंको ठूलो दशा तर्‍यो अर्थात् यत्तिकैले दशा टरोस्, त्यही लोकल मिनिबसका पाकेटमारको कर्तुत हुनपर्छ आदि, इत्यादि ।

***


कतै तपाईंले त्यो पाकेटमारलाई चिन्नुभएको छ भने भनिदिनुस् है, मलाई कति रिस उठेको छ भनेर ? आखिरमा म बेलाबखत अझै सोच्छु त्यो मृगतृष्णारूपी ज्यालालाई सम्झेर । सायद पूर्वी तराईको सहरमा गर्मी नभएको भए ज्याकेटमै पैसा राख्थें, जिपर लगाउँथे होला । एयरपोर्टका सुरक्षाकर्मीमाथि भर भएको भए ब्याकप्याकबाट पैसा निकालेर पाइन्टको खल्तीमा राख्दिनथें होला । फ्लाइट टाइममै भएको भए उज्यालोमा यो सबै हुन्थेन होला । अलि बढी सजग भएको भए काठमाडौंमा ओर्लेदेखि पैसा, पकेट छामिरहन्थें होला । एयरपोर्टदेखि सिनामंगलसम्म दुई–चार सयको मुख नहेरी ट्याक्सी चढेको भए के नै बिग्रिन्थ्यो सायद । एक छिन बढी पर्खेर साझा बसमै गएको भए के नै हुन्थ्यो ?

यो पाकेटमार समस्याको, यो सामाजिक रोगको कुनै औषधि छैन ?

प्रकाशित : पुस २१, २०७५ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?