१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

प्रेमी पराकम्पन

उमेश अकिञ्चन

काठमाडौँ — मेरो मुटुजस्तो के देखियो आकाशमा
शूर्य,
चन्द्रमा
वा
मसिना ताराहरु


बेच्न राखेको गुलाफको फूलमा
देख्छु
तिम्रो आेंठ
आाखा
वा
मेरो नामको टयाटु खोपिन नपाएको हत्केला

किन
छड्के दौडिरहेछ
तिम्रो भरिएको सिउादोजस्तो
मेरो खुसीको म्याराथन

यद्यपि
सहरको बदलिादो अनुहारसागैं
नयाा बन्दैं गरेको
हाम्रोविगत बोकेको गोरेटोतिर फर्किन्छु

शिल्पी थिएटरमा हेरेको
शकुन्तलाको औंठी नामको प्रिय नाटक
कफिसपको कफिपटमा मिसिएको
आफ्नोपनको तातो आभास

बेहद प्रेमले सम्झिन्छु
तिम्रो अनुहारजस्ता
आफन्तझैं लाग्ने
बिराना ती दिनहरु

मौंसमले सिगरेट तानिरहेको छ
थामेको छु पुरानो कोटले जाडो

फेब्रुअरी १४ आएर जान्छ
प्रत्येक वर्ष
टाागेर मेरो मुटु आकाशमा ।

प्रकाशित : माघ २६, २०७५ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?