कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

मेचीनगर चरैचरा

नेपाल करिब ८ सय ८० प्रजातिका चराहरूको घर हो । २ सय ५० चरा त झापाको मेचीनगरमै पाइने अनुमान छ ।
पर्वत पाेर्तेल

काठमाडौँ — दुई साताअघि झापाको मेचीनगरमा एउटा अचम्मको चरा देखा पर्‍यो । त्यो चरा थियो— पेरेग्रनेइल फाल्कोन अर्थात शाहीबाज । यो विश्वकै तीव्र गतिमा उड्ने चरा हो ।

मेचीनगर चरैचरा

प्रतिघण्टा ३२० किलोमिटरसम्म उड्न सक्ने क्षमता राख्छ शाहीबाजले । यस्तै अनौठा प्रजातिका चराको गन्तव्य बन्दै छ झापाको मेचीनगर । खासगरी मेचीनगरका भान्साखोला, बहुवन सामुदायिक वन, जोरसिमलदेखि उत्तरको क्षेत्रमा अनौठा र सुन्दर चराचुरुङ्गीको बासस्थान छ ।


यहाँ २ सय ५० हाराहारी प्रजातिका चरा पाइने अनुमान छ । विश्वमै दुर्लभ मानिने राजधनेश, धनेश, जुरे रुप्पी, सिलसिले हाँस, नीलकण्ठे भुइँचर, किड फिसर, हुटिट्याउँका विभिन्न प्रजाति, चित्राडगड, मुसे चिल मात्रै होइन सुनचरी, सिक्का, जुरे कोइली, कालोटाउके मुनिया आदि दुर्लभ चराहरू छन् । धेरै चरा पाइने देशको सूचीमा नेपाल २२ औं स्थानमा छ । नेपाल करिब ८ सय ८० प्रजातिका चराहरूको घर हो । २ सय ५० चरा त झापाको मेचीनगरमै पाइने अनुमान छ । मेचीनगर–३ मा विश्वमै दुर्लभ राजधनेश पनि पाइएको छ भने रैथाने चराहरू भुँडीफोर गरुड, फिस्टो र बुङ्गे चरा हराउँदै गएको पाइएको छ । खासगरी चराको वासस्थान क्रमश: मासिँदै गएको छ । यद्यपि भारतसँगको सीमावर्ती क्षेत्रका कारण मेचीनगर चराका लागि उपयुक्त गन्तव्य बन्न पुगेको छ । साइबेरियन चराको आवागमन पनि पाइएको छ । सिमसार क्षेत्रलाई पाहुना चराले बढी मन पराउने कारण मेचीनगरको बाँसबारी सिमसार, कालिका सिमसार, बाहुनडाँगीको हिले सिमसारजस्ता क्षेत्रमा त्यस्ता चराहरूको संख्या बढी पाइएको छ ।


स्थानीय सरकारले चरा संरक्षण गर्न सक्दा चरा पर्यटनबाट मनग्ये आम्दानी गर्न सकिने सम्भावना देखिन्छ । चरा संरक्षणका लागि चेतना फैलाउन भने टड््कारो जरुरत देखिन्छ । स्थानीय सरकारले नगरका चरा पाइने क्षेत्रलाई संरक्षण गरेर चरालाई पर्यटनसँग जोड्न सक्दा विदेशी पर्यटक तानिन सक्ने सम्भावना देखाउँछन्—ग्रिन जेनेरेसन झापाका अध्यक्ष अर्जुन कार्की ।

शब्द : पर्वत पोर्तेल
फोटो : देवेन्द्र खरेल

प्रकाशित : माघ २६, २०७५ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?