कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सम्झिरहेछु...

काठमाडौँ — तिमी यादमा आइदियौ अनायाशै 
तथाकथित प्रेम दिवसको अघिल्लो सााझ ।
चञ्चल हेराइ, मीठो मुस्कान
र, एकान्तपलका लागि 
आतुर तिम्रो ‘बडी ल्याङ्ग्वेज’ ।

समाजमा राजनीति हावी थियो
सिद्धान्तका कुरा हुन्थे
भोटका कुरा हुन्थे
अवसरका कुरा हुन्थे
भविष्यका कुरा हुन्थे
यिनै चस्माले,
कताकता षड्यन्त्रकारी देखो तिम्रो मुस्कान ।

परिवारमा समाजशास्त्र हावी थियो
जातभातका कुरा हुन्थ्यो
कुलघरानका कुरा हुन्थ्यो
इज्जतको कुरा हुन्थ्यो
हैसियतको कुरा हुन्थ्यो
यस्तै दृष्टिकोणले फिक्का लाग्यो
तिम्रो अस्तित्व ।

सोचमा पुाजीवाद हावी थियो
कमाइको कुरा हुन्थ्यो
घर–घडेरीको कुरा हुन्थ्यो
गाडीको कुरा हुन्थ्यो
बौक ब्यालेन्सको कुरा हुन्थ्यो
यस्तै बुझाइले,
स्तरहीन लाग्यो तिम्रो वर्ग ।

र आज वर्षौापछि, मलाई
बेकार लागेको छ राजनीति
अपुरो लागेको छ समाजशास्त्र
देखावटी लागेको छ, पुाजीवाद
र, सम्झिरहेछु,
यी सबैभन्दा माथि रहेको
हाम्रो त्यो छोटो प्रेमकथा ।

प्रकाशित : फाल्गुन ४, २०७५ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?