२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

जुलमा मुसहरको जाडो

अनन्त वाग्ले

काठमाडौँ — निस्पट्ट आध्यारो गलौचामाथि
शीतलहरको डस्ना ओछ्याएर
सिङ्गै आकाशको सिरक ओढ्दै
जागा छ जुलमा मुसहर

निस्पट्ट आध्यारो गलौचामाथि
शीतलहरको डस्ना ओछ्याएर
सिङ्गै आकाशको सिरक ओढ्दै
जागा छ जुलमा मुसहर

सामुन्ने पुत्ताइरहेछ घुर
उडिरहेछन् माथिमाथि धूवााका किरमिरे धर्साहरु
अनि त्यही धूवाामा फैलादै छ जुलमाको आशामुखी सास
र एकसुरमा बर्बराइरहेछ ऊ ः
‘दशा बितरह हबे घरदुवार
जाड बइढगलै
मुंदा जाडमे लगाबबला कपडा नै हबै’

जीवनको अलिकति ज्वालाका लागि
आरनको खलाातीझौ
खुम्चादै–फुल्दै.. खुम्चादै–फुल्दै..खुम्चादै–फुल्दै..
चलिरहेछ उसको फोक्सो

चारैतिरबाट टोकिरहेछ चिसोले
लखेटिरहेछ सिरेटोले
खेदिरहेछ ठन्डीले
हो, त्यही देहातमा
जाग्राम बसिरहेछ जुलमा
र जारी छ उसको अनिदो भुनभुन ः
‘जाडसा रातमे निंद नैलगैय,
आइग ताइपक बिहान करैछी..’

यता संघीय सहरमा
निदाइबक्सेको छ दुई–तिहाइ
र देखिबक्सादै छ समृद्धिको दिव्य सपना
खबरदार Û निद भंग गर्ला कसैले

चर्को स्वरमा कोही नबोल्नु
कोही नरूनु हृवााहृवाा
कोही नभुन्भुनाउनु, नबर्बराउनु
किनभने सर्वत्र सुखैसुख, खुसी नै खुसी
हाासो नै हाासोको समृद्धि सपना
साकार हुनै लागेको छ
र आदेश बक्स भएको छ ः
चर्को गरी नरूनु भन्नु त्यो जुलमालाई
सपना बिथोल्ने गरी घुर नधुवाउन भन्नु
सपनै नदेखी कहााबाट आउाछ न्यानो ?
कहााबाट आउाछ खुसी र सुख?

कथम् टुट्यो भने समृद्धि सपना
कहिल्यै देखिादैन त्यो
र त बक्स भएको छ आदेश ः
जाबो जुलमालाई जाडो भएर के भो Û
उसले भोगेको भए पो न्यानो
अनि ऊ ननिदाए पनि के भो Û
जसले न सपना देख्छ
न त देखेका सपना पूरा गर्छ ।

प्रकाशित : फाल्गुन ११, २०७५ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?