१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

पूर्वीय दर्शनको ग्रन्थ

कान्तिपुर संवाददाता

काठमाडौँ — लोकगीत विधामा विद्यावारिधि प्राप्त भक्त राई लोकसंस्कृतिकर्मी हुन्  । राईको ‘पूर्वीय दर्शन’ नामक पुस्तक अहिले प्रकाशनमा आएको छ  ।

पूर्वीय दर्शनको ग्रन्थ

पूर्वीय दर्शन र संस्कृत भाषा भन्नासाथै कतिपयलाई लाग्न सक्छ— यो त्यही पुरोहितवाद र ब्राह्मणवादको व्याख्या हो । तर, पूर्वीय दर्शन भनेको समग्र एसियाली भूभागको दर्शन र चिन्तनको सार हो ।


पुस्तकमा जीवन दर्शनका यथार्थदेखि लिएर विज्ञान, समाजशास्त्रका विषयसमेत चर्चा गरिएको छ । पूर्वीय दर्शनको अध्ययन–परम्परा र विकासक्रम तथा कला, साहित्य, समाजशास्त्र, धर्मसंस्कृति, प्रकृति, प्रकृतिपूजनबारे जानकारी यसमा छ । किराँती मुन्दुमी दर्शन, मुन्धुम (सत्यहाङ्मा पन्थ) जस्ता दृष्टिकोणबारेमा मीमांसा पुस्तकमा समेटिएको छ ।


दर्शनको विकासक्रमकै समयमा दर्शनलाई दुई किसिमले हेरिन्थ्यो, एउटा आस्तिक र अर्को नास्तिक । यी दुवै दर्शनधारमाथि पनि पुस्तकमा सूक्ष्म विश्लेषण गरिएको छ । पुस्तकमा चिनियाँ कन्फ्युसिअस दर्शनसमेतको सूचना समेटिएको छ । पुस्तकले नेपाली पाठकमा रहिआएको जीवन–जगत् र दर्शनबारेको कतिपय भ्रम निवारण गर्न मद्दत गर्न सक्छ । ग्रन्थमा चौधवटा दर्शनको विश्लेषण गरिएको छ । एसियाकै प्राचीन मानिने सांख्य दर्शनदेखि हालै देखा परेको नवीन दर्शनसम्मको विवेचना गरिएको छ । ओरिएन्टल पब्लिकेसन्सबाट प्रकाशित ग्रन्थ ‘पूर्वीय दर्शन’ सामान्य उत्सुक पाठकदेखि यो क्षेत्रका गम्भीर अध्येतासम्मका लागि उपयोगी देखिन्छ ।
—हरि गौतम

प्रकाशित : फाल्गुन ११, २०७५ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?