सुरेललाई प्रेम–पत्र

किराँती–कोँइच मुखियालाई एक षड्यन्त्रपूर्वक रचिएको भोजमा डाकेर मताइसकेपछि छलवश ल्याप्चे लगाएर किपट जग्गा हडपेका रहेछन् । फलस्वरूप आज उनीहरू भूमिहीन अवस्थामा छन् । 
लाल-श्याँकारेलु रापचा

काठमाडौँ — २०७५ फागुन ७ गते मंगलबार साँझ साविकको सुरी गाउँ–७ (हाल गौरीशंकर गापा ५, दोलखा) मा हामीलाई अतिथि सत्कार गर्नुहुने आदरणीय गुरुआमा म्याडम प्रमिला सुरेल र सर सुवास सुरेललाई हार्दिक धन्यवाद दिन चाहन्छौं  । साथै जम्मा ५८ घरधुरीका सबै २८७ सुरेल सदस्यलाई पनि हाम्रो प्राज्ञिक अभिवादन छ  ।

अति नै प्रेमपूर्वक लेखिएको यस बौद्धिक पत्रमा लोपोन्मुख सुरेल जातिको मूल/मौलिक भाषा एवं पहिचानको मूलबाटो/घर पहिल्याउने प्राज्ञिक प्रयत्न गरिनेछ ।


स्वीस लेखिका डा. जेनी कार्टरद्वारा लिखित अनुसन्धनात्मक कृति ‘सुरीको कुरा ः डेभेलोप्मेन्ट एन्ड सोसल चेन्ज इन अ नेपाली भिलेज’ (ई. २०१२) लाई पछ्याउँदै हामी कुनै पनि हालतमा त्यहाँ पुग्नु नै थियो । जसरीतसरी फागुन ७ साँझको शुभसाइत जुराइदिने विदुषी डा.कार्टर र नेसनल जोग्राफीप्रति पनि हामी अथाह कृतज्ञ छौं । होमाचिरिकोत (चरिकोट) बाट भोर्ले हुँदै सुरी जाने बसमा भेटिनुभएका जगत सुतार कार्कीले जेनी र सुरीको बारेमा प्रशस्तै सूचना साथै पैदलयात्रामा अगुवाइ गर्नुभएकामा हामी उहाँप्रति पनि आभारी छौं ।


ऐतिहासिक विकासको आधारमा डा.कार्टरले इ. १९८० को दशकदेखि अध्ययन गरेको सुरी र जगत सुतार कार्कीले अनुभूत गरेको सुरी आज ज्यादै अद्भुत छ । कार्कीको भनाइअनुसार त्यसबखत सुरी गाउँको नामबाट त्यहाँका आदि (मूल) वासी वा पहिलो बासिन्दा किराँती–कोँइच (सुनुवार) लाई ‘सुरेल’ भनेर सम्बोधन गर्दा खुबै रिसाउने गर्थे रे । फेरि अचेलचाहिँ किराँती–कोँइच (सुनुवार) भन्यो भने पहिलेकै जसरी रिसाउँछन् रे । सायद उनीहरू यसरी रिसाउनुमा डा.कार्टरको अनुसन्धानले उजागर गरेको ऐतिहासिक तथ्यले हुन सक्छ । त्यसताका इ. १९१८ मा दलबहादुर खड्का नामका एक कर्नेलले ५ जना किराँती–कोँइच मुखियालाई एक षड्यन्त्रपूर्वक रचिएको भोजमा डाकेर मताइसकेपछि छलवश ल्याप्चे लगाएर किपट जग्गा हडपेका रहेछन् । फलस्वरूप आज उनीहरू प्रायः भूमिहीन र लोपोन्मुख अवस्थामा छन् ।


समयको कोल्टोफेराइसँगै हठात रूपमा सचिव उदय नेपाली श्रेष्ठको आज्ञाले २५ माघ २०५८ को राजपक्राङ्कको त्रम ५७ मा सुरेल आदिवासी जनजाति भनी तत्कालीन श्री ५ को सरकारको प्रशासनिक तोक लाग्यो । यसपछि २०६० को दशकमा ओल्लो किराँतका असली खिन्चिहाङका सन्तति किराँती–कोँइचको नक्कली (हिन्दूकृत) जातिनाम ‘सुनुवार’ (सुनकोसीवारि बसोबास गरेपछि ‘सुनवार/सुनुवार’ भएको भन्ने मिथ्या) मा नागरिकताधारी ‘सुनुवार’ जातिलाई सुरेल जातिनाममा ‘गधा धोएर गाई’ बनाउने दुष्प्रयास गरेझैं नागरिकता परिवर्तन गराउने काम तत्कालीन होमाचिरिकोत (चरिकोट) प्रशासनका प्रजिअ श्रीकृष्ण श्रेष्ठबाट भएको पाइन्छ ।


‘सुरीको कुरा’ मा पनि यस्तो चेन्ज (परिवर्तन) को बौद्धिक बहस छेडिएको छ । जातिनाम परिवर्तनको यस्तो हर्कतको रामकहानी नेपालमा आजको सुरेलको मात्रै नभएर ३–४ शताब्दीअघिदेखि नै चलिआएको छ— जस्तै ः मौलिक वा अर्गानिक जातिनामको वध गरेर मुखिया, सुनुवार, राई, सुब्बा, देवान, जिमी आदिमा जवरजस्त प्रशासनिक पहिचान पोतिएको छ । नवनिर्मित जाति ‘सुरेल’ का हकमा लोपोन्मुखको क्षणिक सामाजिक सुरक्षा भत्ता नामको मन्दविषले नकाम गरिरहेको हुन सक्ने धेरैको अनुमान छ । यसमा ईर्ष्याको कुरा होइन र आउनु पनि हुँदैन । तथापि, सभ्य र समृद्ध समाज निर्माणको पहिलो सर्त भनेकै ज्ञान, विज्ञान र विवेकमा आधारित समाज नै हो ।


हामीले अग्रज वक्ताहरूसँग चलाएको बहसको निष्कर्षअनुसार वास्तवमा ‘सुरेल’ शब्दको व्युत्पत्ति ‘सुरीखारी’ शब्दबाट भएको छ । किराँती–कोँइच राष्ट्र भाषामा सुरीखारीको अनुवाद ‘कुनाकाप्चा/कन्दरा’ हो । सोही राष्ट्र भाषामा सुरीखारी भनेको तामाकोसीको सहायक दुई हाइड्रोनिम (खोलानाम) पनि हो । सुरी लोकोनिम (स्थाननाम) बाट नवनिर्मित एथ्नोनिम (जातिनाम) एपोनिम प्रक्रियाबाट बनेको शब्द हो । एपोनिम प्रक्रियाअनुसार कुनै पनि स्थानमा पहिलोचोटि बसोबास गर्न पुग्ने जातिले त्यस स्थानलाई आफ्नो मातृभाषामा नामकरण गर्छ र कालान्तरमा त्यो जातिको नाम नै त्यो स्थाननामसँग जोडिन्छ— जस्तै सुरीबाट सुरेल र सुनकोसीवारि बसोबास गर्ने सुनवार/सुनुवार । यस्तै भारोपेली शब्दनिर्माण मेसोमा सोही सुनवारभित्र भुजीवारि (बुज) बस्ने भुजुवार र प्रीतिवारि (प्लेत्ती) बसोबास गर्ने पृथ्वार भनेर शैक्षिक तथा प्रशासनिक पहिचानका डकुमेन्टहरू नागरिकता र राहदानी बनिसकेको पाइन्छ । जिसुकी जातिनाममा पनि बनेको छ । जिरेलको मामला पनि त्यही हो । कतिपय अरू उदाहरणहरूको खोजी यस प्रेम–पत्रको दायरामा पर्दैन ।

हालै भाषा आयोग र सिनासबीचको सम्झौताअनुसार सुरेलभाषी समुदायको सहयोगमा भएको अध्ययन एवं परीक्षण प्रकाशन ‘सुरेल भाषाको पाठसङ्कलन’ (स. २०७५) पुस्तिका पाठकवर्गलाई उपलब्ध भएको छ । यस परीक्षण प्रकाशनको गैरजिम्मेवारपूर्ण प्राज्ञिक दाबीले पनि हामीलाई सुरी गाउँतिर घोक्र्यायो । सो प्रकाशन (३–४) लेख्छ—‘सुनुवारहरू सुरेल भाषालाई सुनुवारकै भाषिका भन्न रुचाउँछन् । सुनुवारहरू यसलाई स्वतन्त्र भाषा भन्न चाहँदैनन्... सुनुवार भाषा बोल्ने समुदाय सुरेल भाषा बोल्ने समुदायभन्दा बलियो भएकाले उनीहरूले सुरेल भाषा सुनुवार भाषाकै एउटा रूप भएको कुरा गरेकामा सुरेलहरू गुनासो गर्छन्... तर यस्तो दावी गर्ने सुनुवार समुदायका कुनै सदस्य सुरी गाउँ नै पुगेर त्यहाँ बोलिने भाषाका बारेमा यस प्रकारको दाबी गरेको चाहिँ भेटिँदैन ।’


यस्तो खालको दाबी केवल नक्कली जाति नामधारी सुनुवारको मात्रै नभएर ज्ञान, विज्ञान र बौद्धिक विवेकको हो । यसमा सर्वप्रथम देखापरेकी जर्मन अनुसन्धाता मार्लिन सुल्ज (इ. १९७२ फरवरी) ले सो किटान गरेकी छन् । उनले ‘कम्पेरेटिभ भोक्याब्युलरी अफ ल्याङ्ग्वेजेज अफ नेपाल’ का लागि तथ्याङ्क संकलन गरेकी हुन् र उनको स्रोतको रूपमा यामबहादुर सुनुवारकी पत्नी भनेर लेखिएको छ । त्यसमा सुरेलको ९८ वटा शब्दहरूमध्ये किराँती–कोँइचसँग ८५ प्रतिशतभन्दामाथि बोधगम्य छन् । मधुसुदन आचार्य (स. २०६६) को पुस्तक ‘सुरेल जतिको उत्पत्ति, धर्म र संस्कृति ः एक परिचय’ कृतिमा पनि सुनुवार भाषाको नै प्रतिनिधित्व भएको छ ।


फ्रान्सेली मानवशास्त्री अलाँ फुनियर (ई. १९७३ अङ्ग्रेजी अनु. इ. १९७६ हिच्कुक र जोन्समा र इ. १९७४ ः १५३–१६६ र इ. १९७४ ः १६०) ले पनि आफ्नो पादटिप्पणी ९ को दोस्रो वाक्यमा सुरेलहरूले सुनुवारहरूकै प्राचीन भाषिका बोल्छन् भनी लेखेका छन् । सिल ‘एथ्नोलग’ (गोर्डोन (सम्पा.) इ. २००५ ः ४७९) ले सुरेलको छुट्टै भाषा प्रविष्टि नदिएर किराँती–कोँइच (सुनुवार) को भाषिका मात्रै हो भनी लेखेको छ । ममता शर्मा नेपालले ‘सुरेल जातिको छोटो चिनारी’ (कृति ‘हाम्रो चिनारी हाम्रो संस्कृति’, जीवनचन्द्र कोइराला सम्पा. ०६२) शीर्षकमा अलाँ फुनियरको स्रोत उल्लेख गर्दै सुरेल दुलर्भ र पौराणिक जाति हुनुका साथै उनीहरू आफूलाई किराँत वा सुनुवारका रूपमा प्रस्तुत गर्छन् । सुनुवारले बोल्ने भाषा नै सुरेलहरू बोल्छन्’ भनी लेखेकी छन् ।


अधिवक्ता तथा सुरेल जातिसम्बन्धी अनुसन्धाता छवि सुब्बाले इन्द्र तामाङद्वारा लिखित ‘लोपोन्मुख सुरेल जनजातिको अवस्था र उत्थानको रणनीति प्रतिवेदन’ (२०६२ः १०) को स्रोत खुलाएर ‘...मेरो आफ्नो मतअनुसार सुरेलहरू अलग्गै जाति होइनन् । उनीहरू सुनुवार नै हुन् भन्ने मेरो तर्क छ । किनभने सुरी गाउँलाई अझै पनि उनीहरू सुनुवार गाउँ नै भन्छन् । त्यति मात्र नभएर उनीहरूको पुराना कागजातहरूमा समेत सुनुवार नै उल्लेख गरिएको छ । जग्गा जमिनको दर्ता जोताह दर्तामा पनि उनीहरूको सुनुवार नै दर्ता भएको छ ।’ ‘सुरीको कुरा’ (इ. २०१२ ः १२) कृतिले पनि सोही कुराको पुष्टि गरेको छ । बरु उचित समाधान के हुन सक्छ भने सामाजिक न्यायको आधारमा कर्नेल दलबहादुर खड्काले कपट गरी हत्याएको सुरेल किपटको सम्पूर्ण भूभाग र भू–स्वामित्व आईएलओ १६९ र यूएनड्रिप २००७ को सम्मान गर्दै उनीहरूलाई नै फर्काइनुपर्छ— मासिक भत्ताको सट्टा । अनि मात्रै अर्थशास्त्र र यूएन सन्सटेनएवल डिभेलप्मेन्ट गोलको नियमअनुसार सुरेलहरूको दिगो समृद्धि सम्भव छ ।


मलाई सामाजिक सञ्जालको सूचनामा मानवशास्क्री दिलवित्रम आङदेम्बेले पनि सुरी गाउँमा बस्दा सुरेलहरूको पुर्खा र गुप्तेश्वर, रामेछापका सुनुवारको पुर्खा एउटै पाएको बताएका छन् । इतिहास भइसकेका सुरीका ८७ वर्षीय स्व. अबिरे सुरेलका अनुसार उनीहरूको थलो ‘एकाङ काशथली’ गाउँ रामेछाप हो । डा.डोर्ट बर्चर्स (इ. २०१०) को अनुसन्धानमा सुरेलका पाका सदस्यहरूले सम्झे र अग्रजहरूले भने अनुसार उनीहरूको पुर्खा झन्डै एक सय १५० वर्षपहिले रगनीबाट सुरी गाउँमा बसाइँ सरेका हुन् । रामेछाप र ओखलढुंगा जिल्लाको सीमामा पर्ने लिखु खोलाको पूर्वीय तटमा खिँची (खिन्चिहाङबाट), नेपाली खिजी गाउँ अवस्थित छ । रगनी र खिँचीका प्रमुख बासिन्दा सुरेल भाषाजस्तै भाषा बोल्ने सुनवार हुन् । सुनुवारहरूको विश्वासअनुसार सुरेलहरूको उत्पत्ति खिँची गाउँमा भएको हो ।


किराँती–कोँइचहरूको किरात धर्मको मुक्दुममा नभई नहुने सांस्कृतिक एजेन्टहरू भनेका न्हाःसो पनि स्वीकार्य भू–व्यक्ति भाषिकामा) ‘पुरोहित’ र पोँइब (ो)– ग्यामी ‘झाँक्री–झँक्रिनी’ हुन् । सुरेलको पनि उही हो । कालक्रमिक, भौगोलिक, सांस्कृतिक र केही भाषिक रूपले टुक्रिएका हुन सक्छन् । परन्तु उनीहरूको मूल घर/बाटो भनेको कोँइच नै हो । त्यो घरको लाप्चो (ढोका) सदैव खुला छ । यस प्रेम–पत्रमा यति नै । फेरि भेटौंला सुरीखारीमा ।
kiranti.rapachalal@gmail.com

प्रकाशित : फाल्गुन २५, २०७५ १२:०९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

मरूभूमिमा एउटा कवि (समर्पण कवि गण्डकीपुत्रलाई)

नारायण ढकाल

काठमाडौँ — सपना पछ्याउादै मेरो कवि साथी मरुभूमिको सहरमा आइपुगेछ उराठलाग्दो एकान्तकुनै रङ नभएको भूचित्रमाटो होइन बालुवा होइनन त ढुङ्गाहरूको बगैंचा होसपना पछ्याउादै मेरो साथी मरुभूमिको सहरमा आइपुगेछ

मरुभूमिको सहरमा आइपुगेछ

ऊ एउटा मोटेलमा काम गर्छ
तर उसको हातमा हत्कडीझैं सधैं
काव्यको एउटा किताब हुन्छ
जब ऊ पाना पल्टाउाछ
यमराजको चेतावनीजस्तै मोटेलको फोन बज्छ
त्यो फोन बज्नलाई कुनै नियम र तालिका चाहिादैन
बिहान, दिउसो र रात जुनसुकै बेला त्यसको कुरुप स्वरले
कविलाई तर्साइरहन्छ
त्यसपछि ऊ किताब बन्द गर्छ
यसरी उसको सपना, उसको भविष्य र उसको कवित्व
सबै सत्यानास पारिरहेछ मोटेलको फोनको घन्टीले

यो सहरमा आएदेखि उसले चैनसित
एउटा सिङ्गो कविता पढ्न पाएको छैन
यो मरुभूमिमा आएदेखि उसले भावुक भएर
एउटा सिङ्गो कविता लेख्न पाएको छैन
चेक इन, चेक आउट, रिजर्भेसन र क्यान्सिलको रुखो काममा
मात्र उसको महाभारत बितिरहेको छ

ए रिजक्रिस्ट  ए मरुभूमिको सहर 
तिम्रोमा—
कुन दिन मरेको थियो प्रकृति ?
कुन दिनदेखि उदाएको थियो पराइ सूर्य ?
कुन दिनदेखि चल्नथालेको थियो यो नुनिलो— खस्रो बतास ?
र कुन दिनदेखि हराएको थियो मानिसको सपना ?

रिजक्रिस्ट—
मृत्युउपत्यका पस्ने एउटा ढोका
दन्त्यकथाका जस्ता साना दैत्याकार घर
पैसाको जगमा उभिएका वृक्ष
र नाफाको होडमा थिचिएका आाखा
रिजक्रिस्ट नामको त्यही सहरमा आएको थियो
अर्द्ध शताब्दी पारगरेको मेरो कवि साथी
आफैंसाग लडिरहेको
पुरानो सपना च्यातेर नयाा सपना कुरिरहेको
जीवनको एउटा मूर्त अध्याय सकेर
अर्को अमूर्त अध्याय लेखिरहेको

रिजक्रिस्टबाट केही माइल कटेपछि
मृत्यु—उपत्यका आउाछ
त्यहाा सदैव टल्किरहेका हुन्छन् नक्कली तालहरू
इतिहासमा कैयौं यात्रुहरूले ज्यान गुमाएका थिए तिनलाई पछ्याउादा
कैयौं तिर्खाएका घोडाहरू मरेका थिए पानीको आसमा
र अहिले म हेरिरहेको छु कवि मित्रका आाखाहरूमा बााच्नुको सकस
र मृत्यु—उपत्यकाको मिराजको छाया

एउटा कठोर सपना पछ्याउादै
मेरो नेपाली मित्र
विवेक मरेको मरुभूमिमा आइपुगेको छ
र यहाा आएपछि उसले
आफू र आफ्नै परिचयलाई गुमाएको छ ।

प्रकाशित : फाल्गुन २५, २०७५ १२:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT