१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

कोरियाली कवि सिम हुनको नाममा

श्रवण मुकारुङ

काठमाडौँ — सिम हुन  !आज, फ्रेब्रुअरी सत्ताईसमाथि हिमालय पर्वत हुादैचिसो उपहार लिएर हिउामलाई भेट्नयति तलयो सहरमा आइपुगेको छ  ।

कोरियाली कवि सिम हुनको नाममा

प्रेमिकाझैं म
भेट्ने समयमा आइनपुगेको प्रेमी सम्झेर
ईख्याउन उसलाईअनुरागयुक्त रिसले
दुवै आाखा तिमी भएको क्षितिजतिर फालेर
सम्झनाको कालो कफी पिउादै
तिमीसागका ती पत्रेदिनहरू केलाउादैछु ।
चिसोले भने
मेरो कान, गाला र हातका औंलाहरू सुम्सुम्याउन
झ्यालबाट हात छिराइसक्यो ।
के तिम्रो दाङ जिनमा पनि यतिबेला
यसरी नैहिउा
तिमीलाई भेट्न आइपुगेको होला... ?

हो, म सम्झिरहेको छु–
जापानी सेनाहरूले तिम्रो भूमि
कब्जा गर्नुअघिकोत्यो तिम्रो परालेघर
जहाा तिमीलेआफ्नो बाल्यकाल बिताएका थियौ
त्यसको छानोमा जमेको हिउालाई
हाङ जिनको बाफले बोकिलगेको देखेर
तिमीले मुक्तिका लागि शब्दहरू जोड्न थालेका थियौ
अहिले, यसरी नै म
यो हिउाको चिसोले कठ्याङ्ग्रिएका
देवनागरी अक्षर र शब्दहरूजोड्ने कोसिस गरिरहेको छु ।
म झोक्राइरहेको यो भूकम्पग्रस्त अग्लो घरमुनि, सडकमा
स्कुलबस पर्खिरहेकी सानी केटी
दुवै हात पसारेर हिउा थापिरहेकी छे
तर, हिउा
उसको केशराशि, रिबन र परेलाभरि अल्झिादैछ
अहो ! उसको हत्केला त रित्तो छ ...
र मलाई लाग्दैछ कि–
हामी मानिसले ईश्वरसित मागेका हरकुरा
यसरी नै प्राप्त हुने होला
तर, अज्ञानतावश हामी
आफ्नो रित्तो हात देखेर सधैं निराश हुने गर्छौं ।

सिम हुन !
म कसरी बिर्सुंला तिमीसागको त्यो पहिलो भेट
जो सन् दुई हजार सत्रमा भएको थियो
कुनै कुशल कलाकारले कुादेको तिम्रो अग्लो स्ट्याचु
पोतेको फराकिलो क्यानभास
र, तिम्रै कविताका गहिरा भावहरूमा
हाम्रो हार्दिक भेट भएको हो
जतिबेला–
पर ...
सामगिल फोमा उठेका छालहरूसित
घाम, हुस्सु र समुद्री चराहरू
झुमा लिम्बूको पालामझैंप्रेमले लयबद्ध थिए
मृत्यु निश्चित भएकीक्यान्सरपीडित
आफ्नी श्रीमतीको मायालु मुहार सम्झिादै
छङ दे कीले गाएको भावुक गीतमा
पूरै वेई मोङ बस्ती अवाक् भइरहादा
सायद तिमी–
उसको हृदय र घााटीबीच अटसमसिएको हिक्का नजिकै थियौ
सिम हुन Û
यसरी पो मानिसको पुनर्जन्म हुने हो कि...?
अथवा–
चेरी, पैंयु, साकुरा र चाापगुराासमाथि थुप्रिएर हिउाले
ती फूलहरूलाई परिचयहीन बनाएजस्तै हो मृत्यु ?
जो भोलि सूर्यको रापसागै आ–आफ्नो रङमा फर्किनेछन्
जसरी–
तिम्रो देश कोरिया विश्वयुद्धको समाप्तिसागै स्वतन्त्र भएर
फेरि तिम्रो जन्म भयो
र तिमी त्यो दाङ जिनमा त्यसरी
मलाई स्वागत गर्न ठिङ्ग उभियौ ।

सिम हुन !
म अहिले मेरो आत्माले बोलिरहेको छु
तर मलाई थाहा छैन–
मरेपछि मानिसको आत्मा कुन उमेरको हुन्छ ?
यो कुरा
यी हिउा–असिना तर्काउने मिलारेपाले पनि भनेर गएनन्
न त नाक्छोङले नै भने
कि भनेका छन् साङ जेले ?
दाङ हुनले ?
कि भन्नेछौ तिमी मलाई भरै राति अर्धसपनामा ?
जब कि,
तिम्रो स्ट्याचु देखाउादै छङ दे कीले भनेका थिए–
‘हाम्रो सिम हुन तिमीजस्तै कवि हुन्, स्वतन्त्रताका लागि लडेका ।’
त्यतिबेला–
तिम्रो आत्मा हो कि सोजुको गन्ध
बेस्सरी सल्बलाएको थियो मभित्र ।
टेबुलअघिको मृत साक्थेन बौरेर पखेटा फटफटाउादै
आगोले साङ्गेपसाल नपाकेर टुक्राहरू जोडिादै
फेरि जिउादो सुागुर भएर अचानक
सोउल टावरमुनिको जङ्गलतिर दगुरेको जस्तो लागेको थियो ।
म सरम र आश्चर्यले रातोपिरो भएको थिएा ।

सिम हुन !
यतिबेला म टीभीको कुनै च्यानलमा
भारतीय युद्धपोत विमानहरूले क्षतविक्षत बनाएका
पाकिस्तानका कलकलाउादा सल्लाका हरिया रुखहरू हेरिरहेको छैन
न नै म
भ्रष्टाचारको युद्धपोतले त्यस्तै बनाएका
मेरो देशका प्रिय युवानेताहरूका अनुहारमा भविष्य हेरिरहेको छु ।
किनभने–
तिम्रो देशमा यी सब दन्त्यकथा भइसके ।
उत्तर–दक्षिण फर्किएका त्यहााका ध्यानस्त युद्धपोतहरू स्तूपा भइसके
त्यसैले म,
यो शहरको कोलाहलले जन्माएको एकान्तबाट
केवल तिमीलाई सम्झरहेको छु ।
म यसकारण तिमीलाई सम्झिरहेको छु कि, त्यो क्षण
जापानी शासकहरूले बन्देज लगाएका
तिम्रा ती कविताका अपूरा पदहरू, हरफहरू
आज मेरो देशका हजारौं युवाकविहरूले त्यहाा थपिरहेका छन् ।
तिम्रो कविताका नमिलेका अनुप्रास, उपमा उपमेयहरू
आज तिनले त्यहाा मिलाइरहेका छन्
निर्माणाधीन बिल्डिङ, सडक, कारखाना, समुद्र, खेत र बारीहरूमा
तिम्रो कविताको सपना हुर्काउन हैंसे गरिरहेका छन् ।
ओ सिम हुन् !
त्यसैले म यहाा
मेरो सपनाको प्वााखझैं यो हिउा खसिरहेको बेला
तिमीलाई सम्झिरहेको छु ।
.....................

अहो ... लौ !
सम्झनाबाट ब्युाझें म
अब म हिउा खेल्न
तल सडकमा जान्छु
र स्कुलबस पर्खिरहेकी त्यो सानी केटीसागै
दुवै हात पसारेर म पनि हिउा थाप्छु
कि, हिउासागै मिसिएर मेरो हत्केलाभरि
तिम्रो गुलाबी मुस्कान भरियोस् !
सिम हुन !
जसलाई म मेरो तातो ओठले चुम्बन गरूा ।

––––––––––––––––––––––––––––––

१. सिम हुन (सन् १९०१–१९३६) : द. कोरियाको स्वतन्त्रताका लागि लडेका कवि, उपन्यासकार, चलचित्रकर्मी ।
२. दाङ जिन : कवि सिम हुनको पुर्ख्यौली घर भएको शहर ।
३. हाङ जिन : समुद्र ।
४. साम गिल फो : समुद्र ।
५. छङ दे की : कवि, गायक, समाजसेवी, व्यवसायी ।
६. वेई मोङ : सोउलको पश्चिममा अवस्थित सुन्दर बस्ती ।
७. सोजु : प्रख्यात कोरियाली रक्सी ।
८. साक्थेन : सिङ्गै कुखुराभित्र चामल र जडीबुटी राखी बनाइने खानाको विशेष कोरियाली परिकार ।
९. साङ्गेपसाल : सुागुरको मासु पोलेर खाने प्रसिद्ध कोरियाली परिकार ।
१०. मिलारेपा : तिब्बती सिद्ध (गुरु) बुद्ध धर्म ।
११. नाक्छोङ : किरात राई जातिका धार्मिक गुरु (पुजारी) ।
१२. साङ जे : कोरियाली ईश्वर ।
१३. दाङ हुन : कोरियाली प्राकृत धर्म सामानिजमका आदि गुरु ।
१४. पालाम : किरात लिम्बू जातिको सङ्गीत ।

प्रकाशित : फाल्गुन २५, २०७५ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?