सीताको सपना

नेपाल क्रिकेट खेलाडी संघले सीतालाई वर्षको उत्कृष्ट खेलाडी चुन्यो । महिला विश्वकप खेल्ने सपना पालेकी सीतालाई लाग्छ, महिला टिमलाई गरिने व्यवहार फरक छ ।
विनोद पाण्डे

काठमाडौँ — सीता रानामगरलाई स्कुल पढ्दा देखेजति सबै खेलले लोभ्याउँथे  । स्कुलमा खेल्ने जति सबै खेल उनी खेल्थिन्  ।

सीताको सपना

सबैमा उस्तै पोख्त भएर निस्किएकी थिइन् । महिलालाई घर बाहिर खुल्ला रूपमा निस्किन दिनु हुँदैन भन्ने गाउँ घरतिरको मान्यतालाई सीताले खेल मार्फत स्कुल पढ्दैदेखि चिर्न सकेकी थिइन् ।


उनले विद्यालयस्तरीय राष्ट्रिय फुटबल प्रतियोगितामा पश्चिमाञ्चलबाट खेलिसकेकी थिइन् । भलिबल पनि
आफ्नो स्कुलबाट सहभागी हुँदै आएकी थिइन् । यो
त्यो समयको कुरा हो, जतिखेर नेपालमा महिला क्रिकेटको सुरुआत भएकै थिएन् । पुरुष क्रिकेट पनि वर्षको एक अन्तर्राष्ट्रिय र एक घरेलु प्रतियोगिता जस्तोले धानिएको थियो । एक हिसाबले पुरुष क्रिकेट आफैं संघर्षको लडाइ लडिरहेको थियो, टिक्नैका लागि ।


नेपालका पूर्वकप्तान एलबी क्षेक्रीले एकाएक महिला त्रिकेटको परिकल्पना गर्दै बाँकेमा क्रान्तिको बिउ रोपे । उनलाई प्लान इन्टनरनेसनलको साथ रह्यो । महिला क्रिकेटको जग नै नभएको नेपालमा नेपालगन्ज केन्द्रित भएर स्कुलस्तरीय प्रतियोगिता हुने भयो । पछि यही नै नेपाली महिला क्रिकेटको आधार बन्यो । गृहनगर कोहलपुरमा ७ मा पढ्दै गरेकी सीतालाई महिलाको नयाँ खेल क्रिकेटले पनि लोभ्यायो । उनी नजानिदो हिसाबले बल र ब्याट घुमाउन पुगिन् । बिस्तारै यसकै नशामा झुम्मिन् । जिल्लास्तरीय प्रतियोगितामा उनको स्कुल ग्रिनपिस पहिलो खेलमै पराजित भयो । दोस्रो पटकमा भने फाइनल नै पुग्यो । ग्रिनपिसबाट सीता र ममता थापा बाँकेको टोलीमा छानिए । नेपालले २००७ मा मलेसियामा एसीसी च्याम्पियनसिपमा खेल्दै महिला अन्तर्राष्ट्रिय प्रतियोगितामा ढोका खोल्यो । त्यो टिमका नेपालका १४ खेलाडीमा बाँकेकै ७ थिए । त्यसमा सीता र ममता पनि थिए ।


प्राकृतिक हिसाबमा सीतालाई शरीरले पनि साथ दिएको थियो । उनी देब्रे हाते खेलाडी हुन् । नेपाली टोलीमा उनीसँगै खेलेका खेलाडी सीतालाई देब्री भनेर बोलाउँछन् । नेपालमा देब्रेहाते खेलाडी थोरै छन् । टिम सन्तुलन मिलाउन देब्रेहाते खेलाडीको महत्त्व ठूलो हुन्छ । पहिलोपटक नेपाली टोलीमा पर्दा उनलाई देब्रेहाते हुनुको फाइदा रहयो । मध्यम गतिको बलिङबाट बल स्विङ गराइरहेकी थिइन् । उनी ओपनिङ बलर भएर टिममा अटाइन् र देब्रेहाते भएका कारण तल्लो क्रमको राम्रो स्थानमा ब्याटिङ पाउन थालिन् ।

पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दाको क्षण सम्झिँदा सीता निकै रोमाञ्चित हुन्छिन् । १५ वर्षको उमेरमा कोहलपुरबाट काठमाडौं आएर क्रिकेट खेल्नु उनका लागि ठूलो सफलता थियो । काठमाडौंको रमझ देखेर रमाएकी उनलाई मलेसिया जान प्लेन चढ्नु पनि ठूलो कुरा थियो । नेपाली महिला क्रिकेटको पहिलो टोलीको पहिलो पुस्ताको सदस्य भएर बोकेका यी सबै उनका अविस्मरणीय क्षण हुन् । अर्को, नेपाल पहिलो सहभागितामै मलेसियामा फाइनलसम्म पुग्यो । बंगलादेशसँग पराजित भएपछि नेपाल उपविजेतामा रोकिएको थियो । त्यसको १२ वर्षमा पनि नेपाली महिला क्रिकेटमा त्यस्तो उत्साहित बनाउने दिन फेरि आएन । महिला क्रिकेट लगातार असफल हुँदै गयो । संरक्षण गर्नेले यता ध्यान दिएनन् । धेरै महिला क्रिकेटर आफैं अनुशासनमा रहेनन् । परिणाम नेपालले सफलता हात पार्न सकेन ।


२००८ मा सीता सम्मिलित नेपाली टोलीले थाइल्यान्डमा एसीसी यू १९ प्रतियोगिता जित्यो । उनले बलरबाटै आफूलाई टोलीमा स्थापित गरेकी थिइन् । २०१० पछि उनी ब्याट्सवुमनको भूमिकामा केन्द्रित हुन लागिन् । त्यसको पनि आफ्नै कारण छ । २००९ मा मलेसियामा भएको एसीसीको अर्को प्रतियोगितामा सीता नेपाली टोलीमा परिनन् । मन दुख्यो । दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेको खेलाडीलाई क्याम्पमा पनि नबोलाउँदा खपिनसक्नुभएको थियो । उनले आफैं प्रशिक्षण गर्न सुरु गरेकी थिइन् । सीता नेपाली टोलीमा नपर्नुमा आफ्नै केही कमजोरी पनि देख्छिन् । उनी काठमाडौं आइसकेकी थिइन् । कहाँ गएर प्रशिक्षण गर्ने अन्यौलमा उनले क्रिकेटमा धेरै ध्यान दिन सकेकी थिइनन् । थाइल्यान्डबाट यू १९ जितेर आउँदा उनका बुबाआमाले गाउँमा भोजै खुवाएका थिए । सीता टिममा नपर्दा बुबाआमालाई पनि नराम्रो लागेछ ।


त्यसपछि गरेको मेहनतले उनलाई बलरबाट ब्याट्सवुमन बनायो । उनी फ्रशिक्षणका लागि काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर नियमित जान लागिन् । केटाहरूको त्रिकेट पनि खासै चहलपहल थिएन त्यत्तिखेर । ज्ञानेन्द्र मल्ल फुर्सदी नै थिए । ज्ञानेन्द्रले सीतालाई त्यहीं सिकाउन लागे । २०१७ देखि सीता नेपालकी उपकप्तान हुन् । २००९ को एउटा भ्रमणबाहेक उनी निरन्तर नेपालबाट खेल्दै आएकी छन् । पछिल्ला केही प्रतियोगितामा उनी नेपालका सर्वाधिक रन बनाउने खेलाडी हुन् । यही कारण उनलाई नेपाल क्रिकेट खेलाडी संघले केही अघि मात्र वर्षको उत्कृष्ट खेलाडी चुन्यो । उनले त्यो अवार्ड लिएपछि यो स्थितिमा पुर्‍याउने ज्ञानेन्दसहितका नामलाई बिर्सन सकिनन् । उनले पाएको यो दुर्लभ सम्मान हो ।


महिला क्रिकेट नियमित खासै केही छैन । त्यही पनि उनले क्रिकेटलाई निरन्तरता दिइरहेकी छन् । के पाइन् त क्रिकेटबाट ? ‘नाम पाइएको छ, कहिले काही दाम पनि आउँछ । तर, अहिले त फुलमालाको सम्मान पनि हुन छाडेको छ,’ सीता हालै थाइल्यान्डबाट क्रिकेट खेलेर फर्किंदाको क्षणतर्फ मोडिन्छिन् । अघिल्लो महिना विश्वकप छनोटमा पुग्ने उद्देश्यसहित नेपाल एसियाको छनोट खेल्न बैंकक गएको थियो । थाइल्यान्डसँग पराजित भएपछि नेपालको त्यो सपना यो पटक पनि अधुरै रह्यो । घरेलु टोली थाइल्यान्डबाहेक नेपालले अन्य सबै ५ खेल जिती दोस्रो भएर काठमाडौं फर्किएको थियो । नेपाली टोलीलाई लिन एयरपोर्ट कुनै पदाधिकारी थिएनन् । सीता भन्छिन्, ‘कोही हामीलाई लिन र स्वागत गर्न आउनुहुन्छ भन्ने त थिएन । महिला क्रिकेटको समर्थनका लागि भए पनि कोही आइदिए हुन्थ्यो । नआउँदाचाहिँ मनमा बिझाउने रहेछ ।’


महिला क्रिकेटका धेरै कथाव्यथा छन् । एक वर्षमा एउटा घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगिता हुन्छ । नेफाल क्रिकेट संघ (क्यान) लाई अन्तर्राष्ट्रिय त्रिकेट परिषद्ले निलम्बन गरेयता ३ वर्षदेखि घरेलु प्रतियोगिता पनि सुक्खा छ । ‘वर्षमा एउटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न कुरेर बस्दा खेलाडीजस्तो अनुभवै हुँदैन । हामी त विभागका खेलाडी हौं, नियमित यसैमा हुन्छौं । जिल्ला, क्षेत्रका खेलाडी त एउटा प्रतियोगितापछि हराइसकेका हुन्छन् । घर परिवारको सहयोग भएन भने उनीहरूलाई केन्द्रसम्म आउन गाह्रो छ, आयो भने टिक्न उस्तै संघर्ष गर्नपर्छ,’ सीता महिला क्रिकेटको दुखेसो सुनाउँछिन् । उनी यस मामिलामा आफूलाई भाग्यमानी सम्झिन्छन् । क्रिकेटकै कारण सशस्त्र प्रहरीमा जागिर छ । त्यही जागिरले उनी काठमाडौंमा टिकेकी छन् । क्रिकेट नभएको समयमा सशस्त्र प्रहरीको जिम्मेवारी निर्वाह गर्न उनी निर्वाचनका क्रममा ताप्लेजुङ र वीरगन्ज भिखमपुरमा बन्दुकसहित उभिएकी थिइन् । यसले नेपालबारे बुझ्न सहयोग भएको उनलाई लाग्छ ।


पछिल्ला समय नेपालको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता एउटा तालिकाजस्तो छ, थाइल्यान्डसँग प्रतिस्पर्धा नै गर्न नसक्ने र बाँकीका सबै खेल जितेर दोस्रो हुने । दुई वर्षअघिको एसीसी छनोट प्रतियोगितामा अलिक फरक भयो । त्यतिखेर शीर्ष दुई टोली ट्वान्टी २० विश्वकपको छनोटमा पुग्थ्यो । नेपालसामु पहिलो पटक विश्वकप छनोटमा पुग्ने राम्रो अवसर थियो । नेपाल यूएईसँगै पराजित भयो । तेस्रो हुँदै घर फर्कियो । थाइल्यान्डसँगको हार त छँदै थियो । यस पटक दोस्रो त भयो तर एउटा टोली मात्र विश्वकप छनोटमा पुग्ने नियममा थाइल्यान्डले कब्जा जमाइसकेको थियो ।


थाइल्यान्डलाई पराजित गर्नु नेपालका लागि फलामको चिउरा चपाउनुजस्तै भएको छ । २०११ मा कुवेतमा नेपालले एसीसी वुमन्स प्रतियोगिताको समूह चरणमा पछिल्लो पटक थाइल्यान्डलाई पराजित गरेको थियो । उपाधिको दाबेदार नेपाल सबै खेल जिती सेमिफाइन पुगेको थियो । सेमिफाइनलमा नसोचेको हङकङले नेपाललाई हराइदियो । सीताका अनुसार यो हारले नेपाली खेलाडीको मनोबल खस्काइदियो । थाइल्यान्डसँगको तेस्रो स्थानको खेल नेपाली खेलाडीले त्यति जोसले खेल्नै सकेनन् । थाइल्यान्डसँग नेपालको हार्ने क्रम त्यहींबाट सुरु भयो । नेपालसँगको खेल जितेपछि थाइल्यान्डले जसरी खुसी मनाएका थिए त्यो सीताले भुलेकी छैनन् । थाइल्यान्डलाई पराजित गरेर त्यस्तै खुसी मनाउने चाहना उनको छ । अहिले त थाइल्यान्डले नोपललाई हराउनुलाई सामान्य रूपमा लिन थालेजस्तो उनलाई लागेको छ ।


थाइल्यान्ड यसरी उदाउनुमा सीतालाई कुनै आश्चर्य लाग्दैन । पुरुष क्रिकेटमा दम नभएकाले थाइल्यान्डले महिला क्रिकेटमा पूरै ध्यान केन्द्रित गरेको छ । उनीहरूलाई वर्षैभरि अभ्यास गर्ने व्यवस्था मिलाएको छ । थाई क्रिकेटले महिला खेलाडीलाई अनुबन्धनमा राखेको छ । एक्सपोजका लागि खेलाडी र टिमलाई बाहिर पठाउने गरेको छ । ‘हामी कहाँ आफ्नो विकेटमा ब्याटिङ गर्न पनि राष्ट्रिय प्रतियोगिता कुर्नुपर्छ, त्यो पनि अब कहिले हुने निश्चित छैन,’ सीता दुई देशको भिन्नता छुट्याउँछिन् । क्यान निलम्बन हुनु पनि यसको अर्को मुख्य कारण देख्छन् उनी । क्यान नहुँदा झकझकाउने कसलाई हो उनी दिशा देख्दिनन् ।

फुरुष क्रिकेटको तुलनामा महिला त्रिकेटमाथि विभेद रहेको आरोप छ । ‘अलिकति फुरुष क्रिकेटसरह महिला त्रिकेटलाई व्यवहार नगरिएकोजस्तो लाग्छ । राजु बस्न्यात र विनोद दास माक्र महिला त्रिकेटमा राम्रो प्रशिक्षकको हिसाबमा आउनुभयो । अरू बेला हरेक प्रतियोगितासँगै नयाँ प्रशिक्षक । कहिले खेलाडी बुझ्ने नयाँ प्रशिक्षकले । फिजियो भनेर नर्स पठाइन्थ्यो, टेपिङ गर्न पनि नजान्ने । अहिले बल्ल मिलेको छ । यी विषयमा हामी महिला क्रिकेटमाथि विभेद भएको छ,’ सीता फुरुष क्रिकेटसँग महिला त्रिकेट तुलनै गर्न खोज्दिनन्, ‘पुरुष क्रिकेटले एकपछि अर्को राम्रो प्रदर्शन र नतिजा दिएकाले उनीहरूको सुविधा बढेको हो । राम्रो खेलेकाले नेपालको फुरुष क्रिकेट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता टोली बनिसक्यो । हाम्रो महिला त्रिकेट खुड्किलो चढ्नै सकेन, अड्किएर मात्र बस्यो । हाम्रै प्रदर्शनले महिला क्रिकेट एउटा स्थानमा आएर रोकिएको छ । तर पुरुष क्रिकेट प्रदर्शन देखाएका कारण यो स्थितिमा छ ।’


थाइल्यान्डलाई पराजित गरेर विश्वकप छनोटमा पुगेमा महिला क्रिकेटको पनि दिन फेरिने सम्भावना सीताले देखेकी छन् । अनुभव बटुल्दै जाने हो भने उनी असम्भव केही देख्दिनन् । विनोद दास प्रशिक्षक भएर आएपछि नेपालले पछिल्ला दुई प्रतियोगितामा थाइल्यान्डसँगको पराजय अन्तर घटाइरहेको छ, यसलाई सीता सकारात्मक मान्छिन् । सीता भन्छिन्, ‘महिला क्रिकेट अहिले बल्ल टिमका रूपमा मिलेको छ, नेपाली महिला क्रिकेट टिम बनेको छ ।’
Twitter : @dearbinod

प्रकाशित : चैत्र २, २०७५ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?