दुःखपुरमा दुई गधा
म जङ्गलमा घुम्दै थिएाजङ्गलमा जुलुस आयो
जुलुसको अगाडि राजसी पोसाक लगाएका
र श्रीपेच पहिरिएका दुई गधाहरू हिाडिरहेका थिए
उनीहरूको पछाडि गह्रौं भारी बोकेको एउटा भूतपूर्व राजा थियो
राजाले फाटेको टोपी लगाएको थियो
यस्तो विचित्र दृश्य देख्नासाथ म झाडीमा लुकें
र मैले आफैंलाई सोधें—
‘यी गधाहरू हाम्रो दुःखपुरमा के गर्न आएका होलान् ?’
जब गधाहरू मेरो नजिक आइपुगे
त्यसपछि मैले कराएर भनें
—‘कस्तो उदेकलाग्दो कुरा
दुई जना गधासाग एउटा मात्र भरिया ?’
दाहिनेपट्टिको गधाले मुस्काउादै भन्यो—
‘ठीक यस्तै सोच थियो हाम्रो
तर हामीले कहिल्यै कसैलाई भनेनम्
तर अहिले यहाा यो सत्य कसले भन्यो हा ?’
त्यसपछि देब्रेतर्फको गधाले भन्यो—
‘यो असभ्य सोच हो
यस्तो भन्नु असभ्यताको लक्षण हो
हामी सभ्य भइसक्यौ हैन र ?
यस्तो जाबो कुरामा हामीलाई केको चिन्ता ?’
यसपछि गधाहरू वाद प्रतिवादमा ओर्लिए
उनीहरूले एकअर्कालाई आमाबा चकारेर गालीगलौज गरे
एकअर्कालाई गलत देखाउन तर्कवितर्क गरिरहे
आफूले सुनेका शास्त्र र ज्ञानका कुरा झिके
त्यसै बेला म झाडीबाट निस्केर उनीहरूको अगाडि आएा
र भनें—
‘म विपक्षमा उभिएको कवि हुा
तर तिमीले ठीकै भन्यौ हे माननीय गधा,
तिमीहरूलाई केको चिन्ता ?’
एउटा गधाले सोध्यो— ‘कहााका कवि हौ तिमी ?’
अर्को गधाले टाउको हल्लाएर समर्थन गर्यो—
‘हो त कहााका कवि हौ ?’
मैले जवाफ दिएा— ‘मरो ठेगाना दुःखपुर हो
तर तिमी दुईचाहिा यहाा के खोज्न आएका नि ?
तिमीहरूलाई एउटा बाटो
पहिले नै प्राप्त भएको थियो होइन र ?’
गधाहरू अलमलिए
फेरि मैले भनें—
‘तर म भने यहाा अर्को बाटो खोजिरहेको छु
जसले महान् मूर्खताबाट मलाई जोगाओस् Û’
त्यसपछि दुवै गधाहरूले एकै स्वरमा भने—
‘हामीलाई जनताजनार्दनले मर्यादा पुरुषोत्तम भनेर
पहिले नै स्वीकृति दिइसकेका छन्
हामी आफ्नै ज्ञान, प्रताप र शौर्यले
मुक्तिको राजमार्ग निर्माण गर्न सक्षम छौं
अब यो संसारमा हामीभन्दा उच्च र सर्वोपरि भनेका
एक इन्द्र मात्र छन् ।’
त्यसपछि मैले दुवै गधाहरूलाई एउटा कविता सुनाएा—
‘एक पटक
रक्सी नखाई मातेको इन्द्र
दुःखपुरमा आयो र गाली फलाक्न थाल्यो—
‘सबै सत्यानास भइरहेछ
संसार नरकतिर गइरहेछ’ ।’
त्यसपछि जुलुसका दुई गधा बोलेनन्
तर भरिया बनेको राजाचाहिा खितखिताएर हाास्यो ।