कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

उत्तरआधुनिकतावादले भन्यो– सङ्गीत श्रोताको मृत्यु भइसक्यो !

सङ्गीत श्रोता

 उत्तरआधुनिकतावादले भन्यो :क्रान्तिका लागि मैले पनि गाएको थिएा, एउटा गीतजुलुसमा मुठ्ठी उचालेर मैले पनि गरेको थिएा नाराबाजीकहिलेकाहीा एकान्तमा रोएको थिएँ,कहिले चिच्याएको थिएँ, मूल सडकमातर, त्यो क्रान्ति सबै अहिले विस्मृत इतिहास भइसक्यो
र, तपाईंलाई थाहा छ कि छैन ?बिचरा इतिहासको पनि अब मृत्यु भइसक्यो !

उत्तरआधुनिकतावादले भन्यो :
मानव जातिको हितमा मैले पनि काटेको थिएँ, कष्टकर रातहरु
कहिले प्रेमिकालाई सम्झेर जङ्गलैजङ्गल हिँडेथेँ
कहिले भविष्यसँग तर्सेर चेपारो पारेथेँ, वर्तमानसँगै
कहिले पसिनासँगै कटकटिएको थिएँ रुखो बारीमा
कहिले रगतसँगै लतपतिएको थिएँ लामो बाटोमा
तर, त्यही बाटो फरक्क पछि फर्क्यो
अनि रक्तिम डोबहरु मेट्दै–मेट्दै निकै पर पुग्यो

र, तपाईंलाई थाहा छ कि छैन ?
डोबहरु मेटिजाने बाटोको पनि अब मृत्यु भइसक्यो ।

उत्तरआधुनिकतावादले भन्यो :
एक समय मैले पनि भेटाएको थिएँ एउटा साथी– सङ्गीत श्रोता
नामै थियो उसको तुक न बेतुकको
अलिअलि साथीजस्तो थियो, अलिअलि बैरीजस्तो लाग्थ्यो
मन पर्दैनथ्यो मलाई पटक्कै ऊ
जब ऊ मेरै अगाडि मेरो खिसीटिउरी गर्थ्यो
खुब मन पर्थ्यो बेलाबेला
जब मेरो प्रतिस्पर्धीको पनि उसैगरी उछितो काढ्थ्यो
कहिले गीत सुनेर सुस्तरी गुनगुन–गुनगुन गर्थ्यो
कहिले सिद्धान्त पिएर बेस्सरी अन्टसन्ट बान्ता गर्थ्यो
ऊ पनि उहिल्यैदेखि जीवनसँग हारिसक्यो, मेरो साथ छाडिसक्यो

र, तपाईंलाई थाहा छ कि छैन ?
बिचरा सङ्गीत श्रोताको पनि अब मृत्यु भइसक्यो !

प्रकाशित : जेष्ठ ४, २०७६ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?