कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

सवारी

कविता
राजु स्याङ्तान

वडाअध्यक्षको निर्दयी डोजरलेआागनको चिउरी उखेलेपछिगुहार माग्न सिंहदरबार खोज्दै हिाडेको धनबहादुर चेपाङलाईबबरमहलको खुला रोडमा प्रहरीले धकेल्दै भन्यो–‘सवारी छ’ ६ वर्षीया छोरीको बलात्कार र हत्यापछि रक्ताम्य जामा र पुतलीसबुतका लागि झोलामा बोकेरन्याय खोज्दै काठमाडाौ आइपुगेका नेत्रबहादुर परियारलाई कलंकीको आकाशे पुलैपुलप्रहरीले लखेट्दै भन्यो– ‘सवारी छ’तर, देश युगौंदेखि जहााको त्यहीा छ ।

वडाअध्यक्षको निर्दयी डोजरले
आागनको चिउरी उखेलेपछि
गुहार माग्न सिंहदरबार खोज्दै हिाडेको
धनबहादुर चेपाङलाई
बबरमहलको खुला रोडमा
प्रहरीले धकेल्दै भन्यो–
‘सवारी छ’

६ वर्षीया छोरीको
बलात्कार र हत्यापछि
रक्ताम्य जामा र पुतली
सबुतका लागि झोलामा बोकेर
न्याय खोज्दै काठमाडाौ आइपुगेका
नेत्रबहादुर परियारलाई
कलंकीको आकाशे पुलैपुल
प्रहरीले लखेट्दै भन्यो–
‘सवारी छ’

पोहोर दाइजो नल्याएको निउमा
जिउादै जलाएर मार्‍यो धनीरामकी बेटी
यसपालि विदेशबाट
बाकसमा आयो धनीरामकै बेटा
त्यही बाकसमाथि टाउको ठोकेर
रोइरहेका धनीराम मुसहरलाई
विमानस्थलबाट लखेट्दै प्रहरीले भन्यो–
‘सवारी छ’

समुद्रपारिको अनाम सहरबाट
बुर्काभित्र गर्भ बोकेर
मानसिक सन्तुलन गुमाई
अरबी भाषा बोल्दै विमानस्थल ओर्लिएकी
मसिनीमाया लिम्बूको
चुल्ठोमा समाउादै प्रहरीले भन्यो–
‘सवारी छ’

देशले ‘हाइब्रिड’ बीउ रोपेर गरिबी फलायो
गुन्जमान महर्जनले पसिना रोपेर धनियाा फलायो
त्यही धनियाा खर्पनभरि बोकेर
सहर झरिरहेका गुन्जमानलाई
वाग्मतीको किनारैकिनार लखेट्दै प्रहरीले भन्यो
‘सवारी छ’
तामाकोसीको तीरैतीर
जुटको बोरा फाटिन्जेल
ढाडको छाला खुइलिन्जेल
ढुंगाको भारी बोक्दाबोक्दै
क्षयरोगले निख्रिएको शरीर लिएर
एक झल्को श्रीपेच हेर्ने रहरले
नारायणहिटी पुगेका बिकमान थामीलाई
ठमेलतिर लखेट्दै प्रहरीले भन्यो
‘सवारी छ’

देशमा गणतन्त्र आयो भन्दै
पिपा बाजेले बनाएको दरबारमा
अब त बाजेको पनि नाम लेखियो ठानेर
टोटोलाको फूल निधारमा टाासी
डााडाको छ्योर्तेन तीन फन्को घुम्दै
खुसीले डम्फु बजाउादै बजाउादै
टुाडिखेल आइपुगेका सुर्जेमान तामाङलाई
घोक्रेठ्याक लगाउादै प्रहरीले भन्यो
‘सवारी छ’

सहरमा रातदिन सवारी छ
सहरमा सााझबिहान सवारी छ
कहिले महामहिमको सवारी
कहिले सम्माननीयको सवारी
कहिले माननीयको सवारी
कहिले पूजनीयको सवारी
यताबाट उता सवारी
उताबाट यता सवारी
तर, देश
युगौंदेखि
जहााको त्यहीा छ

प्रकाशित : जेष्ठ २५, २०७६ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?