कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

दर्के पानीमा एउटा स्कुटर

कविता
सविता गौतम दाहाल

पानी दर्की दिन्छ झन् झन्
उसलाई के थाहा
मेरो चालकको बर्साती उर्फ रेनकोट
पुरानो भएको छ
ठाउँ ठाउँमा स–साना दुलापरेका छन्  ।

कतै कतै उध्रिएको पनि छ
पानी झन् ठूला ठूला थोपाको
कलात्मक झरनाझैं प्रतीत हुन्छ
बेसरी दर्किन्छ
मानौं कुनै बच्चालाई झुक्काएर
उसकी आमा अफिस जान लागेकी होस्
र ऊ भक्कानिन्छ बलिन्द्र आासुसागै
उसका नरम गालामा जसरी
एउटा सुन्दर पानीको लय गुड्न थाल्छ
त्यसरी नै मेरो चालक अगि बढ्छ ।

पानीलाई के थाहा ?
मेरो चालक चस्मा लगाउाछ
र सहरको प्रदूषणबाट बच्न
सस्तो मास्क नलगाई धरै छैन
बाहिरपट्टि चस्मामा प्रशस्तै मोती
स–साना बाबुनानीले खेलेको बलजस्तै खेलिरहन्छ
भित्रचाहिा बाफले चस्मा पूरै कुहिरोमय हुन्छ ।

पानी अलि सानो दाना पर्नु नि !
मेरो चालक मनमनै सोच्छ

गाडीहरुको लयमा मिसिादै
स्कुटर गुडिरहेछ, एउटा चोकपछि अर्को
कतिपय सालिकलाई फन्को मार्दै ।

यो देशको राजधानी हो
यहााका सडकमा यति खाल्टाखुल्टी छन्
सधैं तर्किएर हिाडेकै हो
तर यो पानीमा सबै साना ठूला खाल्टा भरिएका छन्
पानीलाई के थाहा ?
मेरो चक्का सानो हुन्छ
र खाल्टोमा जाकिएपछि
म लड्न पनि सक्छु ।

मेरो चालक अनुभवी छ
रै पनि यो मुसलधारे पानी
रोकिने नाम लिादैन
ठूला ठूला गाडीले गति बढाउाछन्
र पानी उछिट्याउाछन्
तल जुत्ता पनि पूरै भिजिसकेको छ ।

कति मिलिलिटर परेको हो कोनि
विश्वविद्यालय पुग्छु पुग्दिना
पानीको लेबल बढ्दै
बाटो स–सानो खोलो प्रतीत भैरहेछ ।

सुन्तले रेनकोटमा उभिएका ट्राफिक
यही पानीमा उभिएर हात हल्लाइरहेका छन्
सहर छिचोलेर चक्रपथ देखेपछि
अलिकति श्वास फेर्छु
अब विश्वविद्यालय नजिकिन्छ ।

पानी अलिकति मन्थर हुन्छ
बच्चा निकै बेर रोएपछि
हिक हिक गरेजस्तै
पानी पनि हिक हिक गर्छ
र रोकिने भाव देखाउाछ ।

स्कुटर बिस्तारै विश्वविद्यालयको
प्रवेशद्वारभित्र पस्छ
वर्षौं पुराना विशाल वृक्षहरुको
ओतमा पुगेपछि
मेरो चालक लक्ष्य सम्झन्छ
र बेसक्याम्प पुगेको अनुभूति गर्छ ।

उसको मन पनि ज्ञानको घेराभित्र पसेर होला
अभ्यास गरिरहने योजना बुन्छ
अगि माथि तल बगेको
दुवैथरी पानीको संगीत भुलेर
नयाा गीत गुन्गुनाउन थाल्छ
विश्वविद्यालयको स्वच्छ र कञ्चन हावासागै
नानाथरी रुखबिरूवाको हरियालीसागै
मेरो प्रिय चालक ।

घनघोर वर्षापछि खुलेको आकाश नियाल्छ
ऊ पुग्ने शिखर छर्लङ्ग देख्छ
जहाा उसलाई देशको झन्डा फहराउनु छ
आफ्नो राष्ट्रिय धुन बजाएर
सबै सबैलाई राष्ट्र सम्मानमा उठाउनु छ
र स्कुटर यात्राका अनगिनत
उकाली ओरालीका मौलिक कविता सुनाउनु छ ।

सविता गौतम दाहाल

प्रकाशित : असार २८, २०७६ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?