१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

भीडमा एक्लै हिाडिरहेको मान्छे

हरि अधिकारी

 भीडमा सबैसाग हातेमालो गरेझौ तर आफौसाग गुडुल्किएर नितान्त एक्लै हिाडिरहेको, असजिलो लाग्ने हदसम्मको वाणीहीन त्यो मान्छेका बारेमा कसैले पनि विश्वासका साथ भन्न सक्दैन ऊ त्यो भीडको हिस्सा हो कि होइन ?

ऊ त्यो भीडको अविभाज्य हिस्सा हो भने
यहाानेर एउटा प्रश्न उठ्न सक्छ
त्यति धेरै मान्छेहरुका बीचमा पनि ऊ किन एक्लो देखिन्छ ?
ऊ भीडको हिस्सा होइन भने पनि
यहाानेर त्यत्तिकै जायज एउटा अर्को प्रश्न उठ्न सक्छ
ऊ ती परिचितजस्ता लाग्ने परचक्रीहरुका कदममा कदम मिलाएर,
अरू कसैका लागि निर्धारण गरिएको,
दकस लाग्ने किसिमले अस्पष्ट, बिरानो र मायावी गन्तव्यको
धमिलो मार्गचित्र बोकेर आफ्ना कमजोर आाखामा
किन चुपचाप टाउको निहुराएर हिाडिरहेको छ ?

उसलाई थाहा छ कि छैन भन्न सकिादैन उसागसागै
उसको आफ्नो भागमा एक बित्ता पनि नपर्ने
फराकिला र चिल्ला सडकहरु पनि एक सुरमा हिाडिरहेका छन्,
उसले नदेखेको कुनै अर्कै दुनियााबाट आएका जस्ता देखिने
भीषण किसिमले सुन्दर स्त्रीहरु सवार भएका
अजंगका मोटरकारहरु पनि
उसको गति र लयलाई पछ्यााउादै दगुरिरहेका छन्,
उसलाई स्वागत गर्नझौ
उसको यात्रापथमा छेउ लागेर उभिएका छन्
मूलढोकामा अभेद्य विद्युतीय ताल्चा लागेका
उसका लागि कहिल्यै नखुल्ने
गगनचुम्बी सिसमहलहरु,
उसले टाढाबाट देखिरहेका तर
यस जुनीमा कहिल्यै चढ्न नपाउने विशाल यानहरु
र उसले एक पटक पनि प्रवेश नै नगरी भत्किएर जाने
विश्वविद्यालयको विशाल परिसर पनि,

उसको बारेमा एक शब्द पनि कहिल्यै नलेख्ने
अखबारका मालिक, सम्पादक र समाचारदाताहरु,
उसलाई चिन्दै नचिनी उसका बारेमा
शब्दहरुको बिस्कुन हाल्ने कवि लेखक र तिनका पाठकहरु,
उसको नाममा राजनीतिको रोटी सेक्ने दल र तिनका नेताहरु,
सहरका नाका नाकामा ठडिएका विशाल बिलबोर्डहरुमा उभिएर
कामूक नजरले हेर्दै उसलाई हर्दम जिस्क्याइरहने
भरिपूर्ण छाती भएका तरूण मोडलहरु,
उसले कहिल्यै सेवा लिनु नपर्ने एटीएम मेसिनका काउन्टरहरु,
र उसलाई थाहै नदिई राज्यले धेरै पहिले नै
उसकै लागि खोलेका सुविधा र सहायता केन्द्रहरु,

यी सबै सबै
भीडमा भएर पनि एक्लै चुपचाप हिाडिरहेको
त्यो मान्छेको निरूद्देश्य र संगतिहीन यात्रामा
ऊ सागसागै हिाडिरहेका थिए
तर थिए छुट्टाछुट्टै र ऊ जस्तै प्रत्येक जना आफैंमा गुडुल्किएका ।

प्रकाशित : श्रावण ३२, २०७६ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?