२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

मलाई मन पर्छ - जुगल डंगोल, संगीतकार

काठमाडौँ — ठाउँ : पोखराको सौन्दर्यमा लोभिन्छु । यो ठाउँ एकदमै रोमान्टिक, कुल र लभ्ली लाग्छ । पोखरा भनेको पोखरै हो । 

मलाई मन पर्छ - जुगल डंगोल, संगीतकार

परिकार

नेपाली खाना दाल, भात र तरकारी । नेवारी खाजा सेटको पारखी हुँ ।

पेय

पानीबाहेक मेरो अरू प्रिय पेय पदार्थ छैन । अल्कोहलको बानी कहिल्यै परेन । दिनमा कम्तीमा दुई–तीन लिटर पानी पिउँछु । शरीरलाई निरोगी राख्न प्रशस्त पानी पिउनु आवश्यक छ ।

पुस्तक

साहित्यको पनि पारखी हुँ, तर समय नै मिल्दैन । संगीतसम्बन्धी पुस्तकहरू छुटाउँदिनँ । सानोमा लक्ष्मीप्रसाद देवकोटा र सिद्धिचरण श्रेष्ठका सिर्जनाहरूबाट प्रभावित थिएँ । ‘मुनामदन’ धेरै पटक दोहोर्‍याएको छु ।

लेखक

लक्ष्मीप्रसाद देवकाटा र सिद्धिचरण श्रेष्ठ ।

गीत

प्रेमध्वज प्रधानको स्वर र राजेन्द्र थापाको लेखन रहेको ‘पर लैजाऊ फूलहरू...’ गुनगुनाइरहन मन लाग्छ । यो गीत सुन्दा भिन्दै आनन्द र ऊर्जा मिल्छ ।

गायक/गायिका

पुरानामा प्रेमध्वज दाइ र तारादेवीको स्वर मन पर्छ । नयाँ गायक/गायिकाले पनि निकै राम्रो गरिरहेका छन् । पछिल्लो समय नेपाली संगीत क्षेत्रमा राम्रै प्रयासहरू भइरहेका छन् ।

फिल्म

यादव खरेलको निर्देशन रहेको बालकृष्ण समको ‘प्रेमपिण्ड’ लाई कहिल्यै भुल्दिनँ । यो फिल्म कथावस्तु र प्रस्तुतिका हिसाबल अब्बल लाग्छ मलाई ।

अभिनेता/अभिनेत्री

पुरानामा सरोज खनाल र गौरी मल्ल । नयाँमा चाहिँ दयाहाङ राई र प्रियंका कार्की राम्रा लाग्छन् ।

ग्याजेट

लामो समयदेखि आइफोन चलाउँदै आइरहेको छु । यसैमा बानी पर्‍यो ।

प्रकाशित : माघ १७, २०७४ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?