कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मलाई मन पर्छ - नवीन के भट्टराई, गायक

कान्तिपुर संवाददाता

काठमाडौँ — ठाउँ : पहिला–पहिला गीत लेख्न मन लाग्दा सौराहा घुम्न जान्थें । त्यहाँको रमणीय दृश्य अझै पनि मन पर्छ । चितवनको यो ठाउँले मेरो मन मजैले छोएको छ । 

मलाई मन पर्छ - नवीन के भट्टराई, गायक

परिकार

नेपाली परिकार नै टेस्टी र हेल्दी दुवै लाग्छ । दाल, भात, तरकारी, अचार अनि साग । नेपाली खानामा सबै पौष्टिक आहारको मिश्रण भएको पाउँछु ।

पेय पदार्थ

साथीभाइसँग भेटेका बेला चिया गफभन्दा बियर गफ गर्न रमाइलो लाग्छ । चिसो हुने हुँदा गर्मी मौसममा अझै खान मन पर्छ । बियर मन पर्ने पेय पदार्थ हो मेरा लागि ।

पुस्तक

हारोल्ड रोबिन्सको ‘कार्पेटब्यागर्स’ अहिलेसम्म मेरो मन छोएको पुस्तक हो । उनले लेखेका अरू कृति पनि पढेको छु । उनको लेखन शैलीबाट म अत्यन्त प्रभावित भएको छु ।

लेखक

अहिलेसम्म अमेरिकन लेखक सिड्नी सेल्डोन मन परिरहेका छन् । उनले छनोट गर्ने कथावस्तु युनिक र कलात्मक हुन्छन् ।

गीत

गीत धेरै सुन्छु । दुइटा गीत धेरै मन पर्छन् । अंग्रेजीमा पिङ फ्लोएड ब्यान्डको ‘टाइम...’ र नेपालीमा सुरेश कुमारको ‘यो जुनीमा...’ । यी गीत सुनेको सुन्यै गरिरहुँ लाग्छन् ।

गायक/गायिका

गायकमा जोन लेनोनको स्वर मीठो लाग्छ । गायिकामा चाहिँ सपनाश्री । सपनाश्रीका पुराना गीत म अझै पनि सुन्ने गर्छु ।

फिल्म

‘ब्लाइंक’ मुभीको स्टोरीले मन छोएको थियो ।

अभिनेता/अभिनेत्री

आर्टिस्टिक दृष्टिले मलाई बलिउड अभिनेता अमिताभ बच्चन राम्रा लाग्छन् । अभिनेत्रीमा चाहिँ कसैले पनि अहिलेसम्म मेरो मन छोएका छैनन् । भन्नै पर्दा केट विन्स्लेटको अभिनय मन पर्छ ।

ग्याजेट

कार्यक्रम नभएका बेला प्राय: युट्युब हेरेर फुर्सदिलो समय सदुपयोग गर्न मन पराउँछु । त्यसैले ल्यापटप धेरैजसो मसँगै हुन्छ । मोबाइलमा युट्युब हेर्दा चित्त बुझ्दैन ।

प्रकाशित : फाल्गुन १६, २०७४ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?