१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बिहानको नास्तामा के खान्छन् सफल व्यक्तिहरु ? 

काठमाडौँ — धेरै व्यस्त व्यक्तिहरुका लागि बिहानको खाजाले ठूलो महत्व राख्छ । केही व्यक्तिहरु यति व्यस्त हुन्छन् कि उनीहरुलाई खाना खाने समय निकाल्न पनि धौधौ पर्छ ।

बिहानको नास्तामा के खान्छन् सफल व्यक्तिहरु ? 

खानाबाट शक्ति र उर्जा मिल्छ । शरिरमा सञ्चित शक्तिले मानिसलाई काम गर्न मद्दत पुर्याउँछ । स्वस्थ मानिसका लागि बिहानको खाजाले ठूलो महत्व राख्ने गरेको छ । जीवनमा सफल व्यक्तिहरुले बिहान सन्तुलित खाना लिने गरेका छन् ।

चर्चा गरौँ अमेरिकाका सफल व्यक्तिहरुकाे बिहानकाे ब्रेकफास्टबाट ।


वारेन बफेट: विश्वको तेस्रो धनी व्यक्ति वारेन बफेटको दैनिकी एमसीडोनाल्डसबाट सुरु हुन्छ । ५४ वर्षीय यी धनाढ्यले बिहानको खाजामा ३ दशमलव १७ डलरभन्दा बढी कहिल्यै खर्च गरेका छैनन् । उनी एउटा ब्याकोन, अण्डा र चिजबिस्कुट, सेन्डविच लिन्छन् । यसका अलवा दुई दशमलव ९५ डलरमा एउटा ससेज, अण्डा र चिज स्याण्डविच लिने गरेका छन् ।


मिचेल ओबमा: अमेरिकाको पूर्व फस्र्टलेडी मिचेल ओबमा बिहानको समयमा अण्डा, टर्कीको ससेज र ग्रेप फ्रुट लिन्छिन् ।


ओपराह विनफ्रे: टिभी प्रस्तोता एवं अभिनेत्री ओपराह विनफ्रे एक ट्वेस्ट, ब्रेड लिन्छिन् । कफीको विकल्पमा उनी चिया रुचाउँछिन् ।


नास्सी पेलोसी: अमेरिकाको डेमोक्रराटिक लिडर नेन्सी पेलोसीको दैनिकी चकलेटबाट सुरु हुन्छ । अमेरिकाको हाउस अफ रिप्रेजेन्टेटिभको पूर्व सभामुख समेत रहेकी पेलोसी ब्रेकफास्टको रुपमा डार्क चकलेट आइसक्रिम लिने गरेको एक अन्तवार्तामा बताएकी छन् । एक कप कफी खानु र डार्क चकलेट खानुमा कुनै भिन्नता नहुने उनको भनाइ छ ।


बियोन्सी: अमेरिकन गायिका, नायिका तथा व्यपारीको परिचय बनाएकी बियोन्सीले ब्रेकफास्टमा स्क्राम्बल्ड वाइट एग, भिजिटेबल स्मोथी वा लो फ्याट दूधमा मिसाइएका सिरियल गेन्स लिने गरेको उल्लेख गरेकी छन् ।


मार्क क्यूबन: अमेरिकी व्यपारी एवं लगानीकर्ता मार्क क्यूबन कुकिज मन लिन्छन् । दुईवटा कुकिज लिएपछि उनी कफी लिन्छन् ।


अरेइना हफिङटन: द हफिङटन पोष्टकी निर्देशक अरेइना हफिङटनको ब्रेकफास्ट सामान्य तर विशेष हुन्छ । आफू ब्रेकफास्टमा ताजा फल, अण्डा र दुई कप कफी लिने गरेको उनले सीएनएनलाई बताएकी छन् ।


इमा वाट्सटन: अभिनेत्री एवं यूएनको ग्लोबल गुडविल एम्बासेडर इमा वाट्सटन ब्रेकफास्टका लागि समय छुट्याएकी छन् । उनी रोटी, अण्डाका परिकार, रोटी र सल्सा लिन्छिन् ।


(टाइम डटकमबाट साभार)

प्रकाशित : श्रावण ६, २०७५ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?