स्वरसम्राटमा पोखिए अंकित

काठमाडौ — स्वरसम्राट नारायण गोपाललाई गायनमा पाइला चाल्दै गरेका अंकित अधिकारीले शनिबार आयोजित एक सांगीतिक साँझमार्फत पुनर्जीवित गर्ने प्रयास गरेका छन्।

पेसाले पत्रकार अंकित एक समयदेखि सोखको रूपमा रहेको गायनलाई समेत पेसामा रूपान्तरण गर्न कस्सिरहेका छन्। त्यसैको पहिलो पाइला स्वरूप उनले गायक नारायण गोपालका चर्चित १५ गीतलाई पस्केर
वाहवाही बटुले।
'मैले पुण्य मन पराएँ या पाप मन पराएँ...' बाट नारायण गोपालका गीतको पोको फुकाएका अंकितले 'तिमीलाई म के भनुँ...' पछि तेस्रो नम्बरको रूपमा 'मेरो बेहोसी आज...' गाउनुअघि टिकट काटेर आफूलाई सुन्न/हेर्न आएका सहभागीलाई सम्बोधन गर्दै उनले भने, 'यो गीत क्रिटिकल छ। एक/दुई नोट तलमाथि पर्न सक्छ, माफ पाऊँ।' तर अंकितले त्यसपछिको झन्डै डेढ घन्टा सहभागीको तालीको हौसला पाइरहे। नौ जनाको वाद्यवादन समूहको सांगीतिक साथ पाएका अंकितलाई दुई युगल गीतमा आरती थापा र एकमा आफ्नै दिदी अल्पनाले सघाएका थिए। अंकितले 'गल्ती हजार हुन्छन्...', 'आखाँ छोपी नरोऊँ भनी...', 'ईश्वर तैंले रचेर फेरि...,' 'केही मिठो बात गर...,' 'प्रियसीका यादहरू...,' 'यति धेरै माया दिई...', 'एउटा मान्छेको मायाले कति...', 'तिमीले भनेका सारा देव छोएर...', 'जीवनको हरेक मोडमा...,' 'म त लालीगुराँस भएछु...', 'पर्खिबसें आउला भनी...' र 'मोहनी लाग्ला है...' ब्याक-टु-ब्याक गाउँदा शिल्पी थिएटरको गोठाले नाटकघरमा खचाखच भरिएका सहभागीले मनोरञ्जन लिए ।

गायनको अन्त्यमा अंकितले आफूलाई सुन्न उपस्थित हुने सबैमा धन्यवाद दिँदै यस्तो माहोल पछिपछि पनि बन्नेमा आाशा व्यक्त गरे। गायकका रूपमा सम्भावना बोकेका अंकितलाई प्लेटर्फम दिने काम 'जेनी पेन्नी' नामक संस्थाले गरेको थियो।
 

प्रकाशित : आश्विन ५, २०७१ ०८:५२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

भूमिराज पहिलो

काठमाडौ — आठौं काठमाडौं म्याराथनको उपाधि नेपाल प्रहरीका भूमिराज राईले शनिबार जितेका छन्। उनले निर्धारित दूरी २ घन्टा २६ मिनेट ३० सेकेन्डमा पूरा गरे। पहिलो भएका उनले ४५ हजार रुपैयाँहासिल गरे।

आठौं काठमाडौं म्याराथनको उपाधि नेपाल प्रहरीका भूमिराज राईले शनिबार जितेका छन्। उनले निर्धारित दूरी २ घन्टा २६ मिनेट ३० सेकेन्डमा पूरा गरे। पहिलो भएका उनले ४५ हजार रुपैयाँ
हासिल गरे।
यसैगरी आर्मीका राजन खत्री दोस्रो भए। उनले २ घन्टा २७ मिनेट २७ सेकेन्डमा दूरी पार गरेका थिए। आर्मीकै रामबहादुर भण्डारी २ घन्टा २७ मिनेट ३१ सेकेन्डमा दौड पूरा गरेर तेस्रो भए।
यसैगरी हाफ म्याराथनतर्फ महिलामा १ घन्टा २७ मिनेट १८ सेकेन्डसाथ विश्वरूपा बुढाले बाजी मारिन्। १ घन्टा ३५ मिनेट ३२ सेकेन्डसाथ गीता खत्री विजयी भइन्। जया राईले १ घन्टा ३६ मिनेट २१ सेकेन्डसाथ तेस्रो स्थान
हात पारिन्।
पुरुष ५ किलोमिटर खुला दौडमा दिनेश खत्री पहिलो, शंकरमान थापा दोस्रो र आर्मीका टीकाराम कटाल
तेस्रो भए। महिला ५ किलोमिटर खुलामा सन्तोषी श्रेष्ठले उपाधि जित्दा फूलमती राना दोस्रो र लक्ष्मी खड्का तेस्रो भए।


प्रकाशित : आश्विन ५, २०७१ ०८:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT