२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

सुनिए वासुदेव

काठमाडौ — हालै पाँचौं कविता कृतिको रूपमा 'युरोस्पर्श' प्रकाशित गरेका वासुदेव अधिकारी शुक्रबार एकल सिर्जना वाचन क्रममा थिए। राष्ट्रिय जनसांस्कृतिक महासंघले गर्दै आएको अविरल जनसाहित्य यात्राको दसौं शृंखलामा उनी थिए।

सुनिए वासुदेव

बागबजारस्थित महासंघको हलमा उनले नयाँ पुराना एक दर्जन कविता सुनाए। प्रायः सामाजिक-राजनीतिक चेतनासहितका सिर्जनाहरू सुनाएका उनको व्यक्तित्वबारे सुरुमै डा. बिन्दु शर्माले चर्चा गरेकी थिइन्।
धादिङ सुनौला बजारमा स्कुल पढ्दै गर्दादेखि नै साहित्य सिर्जनामा लागेका वासुदेवले प्रगतिशील साहित्यमा भिन्न परिचय बनाएको शर्माको दाबी थियो। २०४६ मै पहिलो कविता संग्रहको रूपमा 'समयका स्वरहरू' प्रकाशित गरेका यिनी २०४८ मा कर्मचारी आन्दोलन क्रममा जागिरबाट बर्खास्तगीमा समेत परेका थिए।
मुलुकको राजनीतिक सामाजिक आन्दोलन र घटनाहरूलाई नजिकबाट पर्यवेक्षण गर्दै साहित्यमा उतार्ने यिनका
'मनको हरियो मनको गीत', 'आफन्तलाई सम्बोधन', 'गायब सभामुख जस्ता कविता कृतिहरू प्रकाशित छन्।
२०५० अघि पद्यमा मात्रै कलम चलाएका उनले वाचन सुरुआत 'सारथीलाई' कविताबाट गरे। यसपछि उनले 'इँटा भट्टीमा राम लगन' कवितामा श्रमिकहरूको व्यथा पोखे।
युवाहरूलाई सम्बोधन गरिएको 'सत्य', अमेरिकी सेयर मार्केटमा आएको गिरावटलाई नेपाली समाज र राजनीतिसँग जोडेर लेखिएको 'वालस्टि्रट सुन्दरी', राजनीतिक खिचातानीसँगै जोडिएको 'तिम्रो प्रतिभाको आगोले', प|mान्स पुग्दा स्वतन्त्रताको देवीको मूर्ति कुँदेका कलाकार बर्थोल्डीबारे लेखिएको 'बर्थोल्डीसँग गनगन' लगायतका कविता सुनाए। उनका कवितालाई लक्ष्मण गाम्नागे, यशोदा अधिकारी, बैरागी जेठा, शशि लुमुम्बुले पनि सुनाए भने 'चरीको संकेत' नामक गीत इन्दु अंशुले गाएर सुनाएकी थिइन्।
'वासुका कविताहरू जति पढ्दै गयो, त्यत्तिकै पढ्न मनलाग्ने खालका छन्,' वासुदेवका कविताहरूमाथि समालोचक डा. नेत्र एटमले टिप्पणी गरे, 'आमप्रगतिशील लेखनमा जस्तै उनकोमा पनि स्वप्न सिर्जना पाइन्छ। यसबाहेक श्रम र सीपप्रति आस्था र
सम्वृद्धिको सन्दर्भ पनि उनका कविताहरू पाइन्छन्।'



प्रकाशित : पुस १३, २०७१ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?