कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

शीतलहरमा लू चर्चा

राजेन्द्र नाथ

नेपालगन्ज — उनी आफ्नैं परिवेशका कथा लेख्छन्, त्यसमा उल्लेखित कतिपय पात्रहरूसँग निजात्मक अनुभव साटिएको हुन्छ । कुनै एउटा पत्रिकामा त्यस्तै एउटा पात्रका बारेमा केही समयअघि लेखेका थिए, नयनराज पाण्डेले ।

बाल्यकाल हुर्किएको त्यही सहर नेपालगन्जको एउटा कुनामा उभिएर लोकपि्रय आख्यानकारले मंगलबार आफ्ना उपन्यास, कथा र तिनका पात्रहरूका बारेमा व्याख्यान दिए ।
 'कुनै एउटा पात्र र परिवेशका लागि लक्षित गरी सरल र सहज ढंगबाट विषयवस्तु प्रस्तुत गर्न सके आख्यान विधामा सफलता पाउन सकिन्छ,' उनले सुनाए । उनले बाल्यकाल भोगेको र युवावयका रौसे दिन बिताएको यही सेरोफेरोका ब्रगेल्ति कथाहरू लेखेका छन् । 'उलार' त्यस्तै एउटा शक्तिशाली उपन्यास थियो । नेपालगन्जका 'टाँगावाले' को जीवन भोगाइ र तत्कालीन 'राजा साहेब' हरूको राजनीतिसँग जेलिएको त्यो उपन्यास सधैं चर्चामा रह्यो । त्यही सहरका पात्र र कथा ठाउँमै आएरभन्दा पाण्डे त्यस्तै भावुक सुनिए ।
कोहलपुरमा पूणिर्मा साहित्य प्रतिष्ठानले पहिलोपटक स्रष्टा पाण्डेलाई निम्त्याएको थियो, सम्मान तथा कृति विमोचन कार्यक्रममा । आपmना प्रकाशित कृतिहरूका बारेमा पाठक तथा साहित्यिक सर्जकहरूले राखेका जिज्ञासामाथि पाण्डेले प्रकाश पार्दै गए । 'यो सहरले जहिल्यै मोहिनी लगाउँछ,' उनी भावुक भए, 'यहाँका प्रेमललवा र इलैयाहरूको कथाले आकषिर्त गरिरहेको हुन्छ ।'
अघिल्लो वर्ष आख्यानकार पाण्डेको उपन्यास 'लू' ले बजार पिटेको थियो । त्यसमा पनि सीमावर्ती पीडाहरू व्यक्त भएका थिए, इलैया लगायतका पात्रहरूमार्फत् । शीतलहर चलिरहेको सीमावर्ती सहरमा उनको 'लू' माथि चर्चा भयो । अवधिभाषी पात्र र तिनका जीवन भोगाइहरूलाई कृतिको रूप दिएका पाण्डेले कथा खोज्न टाढा जानु नपर्ने र आफ्नै परिवेश समेटेर प्रतिनिधिमूलक ढंगले लेख्दा त्यसमा सबैले आफू महसुस गर्ने बताए ।
उनका प्रकाशित आख्यानहरू 'उलार,' 'लू,' 'घामकिरी,' 'खोरभित्रको जोकर,' 'चकलेट' जस्ता कृतिहरूमा केन्दि्रत रहेर तथा कृतिभित्रका पात्र तथा विषयवस्तुमाथि उठेका जिज्ञासा तथा सवालहरू, कृतिभित्रका पात्र एवं जीवन तथा जगत्लाई पाठकहरूले बुझेका र बुझ्न नसकेका दृष्टिकोणका बारेमा समेत उनले सबिस्तार बोलेका हुन् ।
कार्यक्रममा पूणिर्मा साहित्य प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने तुल्सीराम स्मृति पुरस्कार समालोचक टीकाराम उदासीलाई प्रदान गरिएको छ । उक्त पुरस्कार २ हजार रुपैयाँको हो । मध्यपश्चिममा साहित्य सिर्जना, समालोचना र साहित्यिक पत्रकारिता क्षेत्रमा उदासीको योगदानको कदर गर्दै उक्त पुरस्कारबाट सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ ।
उदासीका आधा दर्जन कविता, गजल, मुक्तक र समालोचनाका कृतिहरू प्रकाशित छन् भने विभिन्न साहित्यिक पत्रिकामा सम्पादनको भूमिका समेत निभाइसकेका छन् । कार्यक्रममा स्थानीय कवि भूपेन्द्र सुवेदीको कविता संग्रह 'छरिएका मोतीहरू' विमोचन गरियो । उक्त संग्रहमा १ सय १७ थान कविता संग्रहित गरिएका छन् । विमोचित कृति र सम्मानित स्रष्टाका बारेमा प्रतिष्ठानका उपाध्यक्ष पुष्कर रिजाल -पुष्प) ले प्रकाश पारेका थिए । कार्यक्रममा प्रतिष्ठानका विशिष्ट तथा आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सभा सदस्य हरि तिमिल्सिना, युवराज क्षेत्री, वसन्तविवश आचार्य, महानन्द ढकाल, जितबहादुर त्यागी, मधु साश्रु, कपिल अञ्जान, सागर गैरे, शंकर अशान्त लागायत दर्जनौं स्रष्टा तथा सय बढी साहित्य अनुरागी तथा पाठकहरूको सहभागिता थियो ।




 

प्रकाशित : पुस १६, २०७१ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?