भागीरथीलाई साहित्यरत्न, तीन स्रष्टालाई त्रिमूर्ति

काठमाडौं — त्रिमूर्ति निकेतनले पाँच दशकदेखि आधुनिक कथा र उपन्यास सृजनाका माध्यमबाट नेपाली भाषा–साहित्यको सेवा गरेबापत साहित्यकार भागीरथी श्रेष्ठलाई ‘नेपाली साहित्य नारीरत्न’ को सम्मानसहित पुरस्कृत गर्ने निर्णय गरेको छ। ताम्रपत्रका साथै यो पुरस्कारमा एक लाख रुपैयाँ रहेको छ।

भागीरथीलाई साहित्यरत्न, तीन स्रष्टालाई त्रिमूर्ति

त्यस्तै निकेतनले अन्य तीन स्रष्टालाई पनि विभिन्न पुरस्कार दिने निर्णय गरेको छ। साढे चार दशकअघिदेखि नेपाली भाषासाहित्यमा समर्पित भई शास्त्रीय छन्दको कविता रचनाका साथै सो माध्यमबाट छन्दकाव्य प्रचार अभियानमा समेत विशिष्ट योगदान पुर्‍याएबापत मुकुन्द शर्मालाई ‘लेखनाथ काव्य पुरस्कार’, चार दशकअघिदेखि नाटक लेखन, अभिनय, निर्देशनका साथै नाटकको संस्थागत विकासका लागि समेत समर्पित भई नेपालमा नाटकको गरिमालाई उत्कृष्टताको शिखरमा पुर्‍याएबापत अशेष मल्ललाई ‘बालकृष्ण सम पुरस्कार’ र नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि पाँच दशकअघिदेखि काव्यसाधनामा निरन्तर समर्पित रही आधुनिक नेपाली कविताको विकासमा विशिष्ट योगदान पुर्‍याउनका साथै कविता, उपन्यास र निबन्ध लेखनबाट देशदेशान्तरमा नेपाली भाषाको गरिमा बढाएबापत मञ्जुललाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गर्ने निर्ण भएको निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले जनाए। त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले पुरस्कारसम्बन्धी निर्णय लिएको हो।

 

प्रकाशित : आश्विन २, २०७३ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?