१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नइलाई भारती खरेल पुरस्कार

काठमाडौं — भारती खरेल पुरस्कार नरेन्द्रराज प्रसाईं र इन्दिरा प्रसाईंले पाएका छन् ।

नइलाई भारती खरेल पुरस्कार

नेपाली भाषा–साहित्यको प्रवद्र्धनमा योगदान पुर्‍याएको भन्दै भारती खरेल प्रतिष्ठानले बिहीबार राजधानीमा नई दम्पतीलाई पुरस्कृत गरेको हो । संस्कृतिविद् डा. सत्यमोहन जोशी तथा प्रतिष्ठानका संरक्षक चन्द्रिकानन्द खरेलले पुरस्कार हस्तान्तरण गरे । पुरस्कारमा ताम्रपत्रसहित ५१ हजार रुपैयाँ रहेको छ । 

नेपाली भाषा–साहित्यको विकास, विस्तार र सम्वद्र्धनका लागि नइ प्रकाशन र त्रिमूर्ति निकेतनको स्थापना गर्दै देशविदेशमा नेपाली भाषा साहित्यको प्रचारप्रसार र स्तरोन्नतिमा पुर्‍याएको योगदानका लागि पनि सम्मानार्थ नइलाई पुरस्कृत गरिएको संरक्षक खरेलले बताए । प्रतिष्ठानका उपाध्यक्ष एवं साहित्यकार शैलेन्द्र साकार, प्रा. राजेन्द्र सुवेदी, प्राडा. सनतकुमार वस्ती, प्रयागराज वाशिष्ठले लगायतले पुरस्कृतद्वयको व्यक्तित्व एवं कृतित्वबारे प्रकाश पारे । 

यसअघि यो पुरस्कार डायमनशमशेर राणा, पं. ज्योतिप्रसाद गौतम, केशवराज पिंडाली, गोपालनिधि तिवारी, माधुरी भट्टराई, प्राडा. चूडामणि बन्धु, प्राडा. .केशवप्रसाद उपाध्याय, प्रा. जगन्नाथ त्रिपाठी, कृष्णप्रसाद पराजुली, प्रा. शिवगोपाल रिसाल र परशु प्रधानलाई प्रदान गरिसकिएको छ । उक्त प्रतिष्ठान गायक दीपक खरेल र शिला खरेलले २०४९ मा स्थापना गरेका हुन् ।

प्रकाशित : मंसिर १८, २०७३ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?