२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

पूर्वाञ्चलस्तरीय कविता प्रतियोगितामा राजनले बाजी मारे

धरान — धरानमा आयोजित पूर्वाञ्चलस्तरीय कविता प्रतियोगितामा झापाका कवि राजन सुवेदीले बाजी मारेका छन् । कविशिरोमणी लेखनाथ पौड्यालको १३३ औं जन्मजयन्तीको अवसर पारेर कविशिरोमणि साहित्य साधना समाजद्वारा शुक्रबार आयोजित कविता प्रतियोगितामा झापाका कवि सुवेदीले प्रथम स्थान हासिल गर्दै बाजी मारेका हुन् ।

पूर्वाञ्चलस्तरीय कविता प्रतियोगितामा राजनले बाजी मारे

धरान–१६ स्थित लेखनाथ चोकमा रहेको कविशिरोमणिको सालिकमा माल्यार्पण गरी सुरु गरिएको कविता प्रतियोगितामा उनले नगद १० हजार राशीसहित प्रमाणपत्र पाए । इटहरीकी कवयित्री पुस्तिका भण्डारी द्वितीय स्थानसँगै नगद ५ हजार, धरानका कवि जोन रवट वि.क तृतीय हुँदै नगद ३ हजार र पाँचथरकी कवयित्री बादलदेवी चाम्लिङ्ले सान्त्वनास्वरुप नगद २ हजार राशी हात पारे ।

साहित्य साधना समाजका अध्यक्ष सिद्धिकर्ण शर्माको सभापतित्वमा सम्पन्न साहित्यिक समारोहमा साहित्यकार गङ्गा सुवेदी, नारायणप्रसाद शर्मा कट्टेलले विजयी कविहरुलाई पुरस्कार वितरण गरेका थिए ।

समाजले साहित्यकारहरू कुन्ता शर्मा, भीष्म काफ्ले, श्रीसुव्बा, प्रह्‍लाद भट्टराई पहरेदार र शिवराज भण्डारीलाई दोसल्ला एवं सम्मानपत्र प्रदान गरी सम्मान गरेको थियो । उक्त अवसरमा पुरस्कार प्रायोजनकर्ता विनायक वस्तीले साहित्यकार उपेन्द्र पागललाई दोसल्ला ओढाई सम्मान पत्रका साथ ‘स्व.प्रा.टीकाप्रसाद वस्ती पुरस्कार’ प्रदान गरेका थिए ।

यसैगरी ‘सिद्धिकर्ण भागीरथी प्रतिभा पुरस्कार’ प्रा. डा. भरतप्रसाद भट्टराईलाई प्रदान गरिएको थियो । ‘बराह ज्वेलरी दलित स्रष्टा पुरस्कार’ साहित्यकार रविमान लम्जेललाई प्रदान गरिएको थियो ।

प्रतियोगितामा विजयी भएका झापाका कवि सुवेदी, इटहरीकी पुस्तिका भण्डारी, धरानका कवि जोन रवट वि.क, पाचथरकी बादलदेवी चाम्लिङ् । तस्बीर: प्रदीप

प्रकाशित : पुस १६, २०७३ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?