कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘राजाको कुरा पत्याएर जानु मेरो गल्ती थियो’

काठमाडौं — वरिष्ठ पत्रकार भैरव रिसालले पुराना कम्युनिष्ट नेता राधाकृष्ण मैनाली उनको शरिर जस्तै मोटो बुद्धीको व्यक्ति भएको आरोप लगाएका छन् । राजा ज्ञानेन्द्रको मन्त्री भएर मैनालीले बुद्धी बिगारेको भन्दै रिसालले प्रश्न गरे, ‘अहिलेसम्म उनी राजाको मन्त्री भए पार्टीका मन्त्री पनि भए तर जनताका मन्त्री कहिल्यै भएनन् ।’

‘राजाको कुरा पत्याएर जानु मेरो गल्ती थियो’

मैनालीको राजनीतिक यात्रा समेटिएको संस्मरणात्मक पुस्तक ‘नलेखिएको इतिहास’ विमोचनमा पत्रकार रिसालले सो कुरा बताएका हुन् । प्राध्यापक कृष्ण पोख्रेलले मैनालीको किताबमा उठेका कैयन तथ्यबारे अहिलेको नेताहरुले जवाफ दिनुपर्ने बताए ।

पुस्तकमा एमाले नेता माधव नेपालले पार्टीको बैठकमा राजतन्त्रविरुद्ध लड्न भारतले सेना पठाइदिन्छु भन्ने प्रस्ताव गरेको प्रसंग बताउँदै प्राध्यापक पोख्रेलले भने, ‘यसबारे नेपालले प्रस्टीकरण दिनुपर्छ ।’ पोख्रेलले झापा विद्रोह नक्सलवादी विद्रोहको देखासिकी भएको बताउँदै भने, ‘तर त्यसका विचार निर्माता मोहनचन्द्र अधिकारीबारे पुस्तकमा खुलेर लेखिएको छैन् ।’

पोख्रेलले आत्मप्रशंसाबाट मैनालीको पुस्तक मुक्त भएको बताउँदै आफ्नै भाइ सीपी मैनालीका बारेमा पनि उनले आलोचनात्मक दृष्टिकोण राख्न बाँकी नराखेको बताए । पोख्रेलले नेताहरुमध्ये सबैभन्दा गलत तरिकारले बुझिएका व्यक्ती राधाकृष्ण मैनाली भएको बताउँदै शाहीकालमा मन्त्री हुन जानु नै मैनालीको राजनीतिको ओरालो यात्रा भएको बताए ।

राजनीतिशास्त्री सुरेन्द्र केसीले आफ्नो राजनीतिक गल्तीप्रति पश्चताप गर्नु मैनालीको राम्रो काम भएको बताए । तर उनले नेताहरुले यस्तो गल्ती किन गर्छन भन्ने प्रश्नको उत्तर भने दिनुपर्ने तर्क राखे । विस २०६० पछि मैनाली विभिन्न पार्टी चहार्दै हिँडेको प्रसंग निकाल्दै उनले भने, ‘अहिलेका नेताहरुमा कि दृष्टिभ्रम छ कि वहाँहरु विषयलाई नै बुझ्नुहुन्न ।’

मैनालीले भने आफुले जे लेखेको हो त्यही देखेको बताउँदै गल्ती स्विकारेको मान्छेलाई बारम्बार त्यही प्रश्न गर्दै नुनुचुक छर्नु राम्रो नभएको बताउँदै स्पष्टीकरण दिए । ‘राजाको कुरा पत्याएर जानु मेरो गल्ती थियो,’ उनले भने, ‘राजनीतिमा सधै सबै कुरा सही हुँदैनन् ।’

उनले नेकपा मालेको नेता एवं आफ्नै भाइ सीपी मैनालीतिर लक्षित गर्दै भने, ‘माले बलियो भएको भए माओवादी नै जन्मदैनथ्यो ।’ अल्केमी पब्लिकेशनले प्रकाशन गरेको मैनालीको पुस्तक पत्रकार माधव बस्नेत र मनबहादुर बस्नेतले सम्पादन गरेका हुन् ।

प्रकाशित : माघ २९, २०७३ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?