कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अर्थ आवरमा वातावरण साहित्य प्रतियोगिता हुने

कान्तिपुर संवाददाता

काठमाडौं — वातावरणीय संरक्षण अभियानका रुपमा विश्वव्यापी मनाइने अर्थ आवरका दिन नेपालमा वातावरण साहित्य प्रतियोगिता हुने भएको छ । विश्व नेपाली साहित्य महासंघ साउथ यूकेले अर्थ आवरको अवसर पारेर आगामी चैत १३ अर्थात् मार्च २५ तारिखमा वातावरण साहित्य प्रतियोगिता गर्न लागेको हो ।

वातावरणीय संरक्षण अभियानका रुपमा विश्वव्यापी मनाइने अर्थ आवरका दिन नेपालमा वातावरण साहित्य प्रतियोगिता हुने भएको छ ।

विश्व नेपाली साहित्य महासंघ साउथ यूकेले अर्थ आवरको अवसर पारेर आगामी चैत १३ अर्थात् मार्च २५ तारिखमा वातावरण साहित्य प्रतियोगिता गर्न लागेको हो । प्रतियोगितामा नेपालमा रहेका स्रष्टाहरूले मात्र भाग लिन पाउने विश्व नेपाली साहित्य महासंघ साउथ यूकेका अध्यक्ष विजय हितानले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा उत्कृष्ट ठहरिएका तीनवटा सिर्जनालाई रू ३० हजार बराबरको नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरिने छ । विजेतालाई आगामी अप्रिलमा काठमाडौंमा एक समारोहबीच पुरस्कृ्त गरिनेछ ।

प्रतियोगितामा कविता, गीत, गजल र मुक्तक समेटिने छन् । आफ्ना सिर्जना वातावरण, पर्यावरण, पृथ्वी, प्रकृति, वनस्पति, वन्यजन्तु, जैविक विविधता, जलवायु परिवर्तन र तिनको महत्व, संरक्षण, प्रतिकूल असरजस्ता विषयमा केन्द्रित गर्न आयोजकले अनुरोध गरेको छ । मार्च २४ भित्र [email protected] मा आफ्ना सिर्जना पठाउन अध्यक्ष हितानले आग्रह गरेका छन् । प्रतियोगिताबाट छानिएका सृजनाहरूको पुस्तक प्रकाशन गर्ने योजना समेत रहेको उनले बताए ।

संसारभर मनाइने अर्थ आवरमा बेलुकी साढे ८ देखि साढे ९ बजेसम्म एक घण्टा बिजुली बत्ति निभाउने चलन छ । वातावरण जोगाउ अभियानमा लाग्ने जोसुकैले यसमा भाग लिन सकिन्छ ।

प्रकाशित : फाल्गुन ६, २०७३ १४:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?