कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

शिखरको उपन्यास आउँदै

कान्तिपुर संवाददाता

काठमाडौं — पत्रकार शिखर घिमिरे उपन्यासकारका रूपमा उदाउने भएका छन् । उनी चाँडै ‘अवतार’ लिएर पाठकमाझ आउन लागेको जानकारी ‘कन्भर्सेसन विथ शिखर अन अवतार’ कार्यक्रममा दिइयो ।

शिखरको उपन्यास आउँदै

राजधानीमा बिहीबार आयोजित उक्त कार्यक्रममा वरिष्ठ पत्रकार/कथाकार राजेन्द्र पराजुलीले शिखरसँग ‘अवतार’ बारे कुराकानी गरेका थिए । ‘नेपाली उपन्यास लेखनमा पछिल्लो समय प्रयोग अत्यन्त कम भएको छ,’ ‘अवतार’ ल्याउन खोज्नुको कारणबारे पराजुलीले गरेको प्रश्नमा शिखरले भने, ‘मैले यो उपन्यासमा फरक प्रयोग गर्न खोजेको छु ।’ शिखरले केही समययता उपन्यासको बजार बढेको भनिए पनि प्रकाशित कृतिहरू एउटै ढर्राको रहेको भन्दै गुनासो पनि गरे । ‘अहिले लेखनमा एक्सपेरिमेन्ट भएकै छैन,’ उनले ठोकुवा गरे, ‘दुई दशकअघि जसरी कथा लेखिएका थिए, अहिले पनि त्यही ट्रेन्ड फलो गरिएको छ, जुन नेपाली आख्यानका लागि राम्रो होइन ।’

कार्यक्रममा ‘अवतार’ को कभर र टिजर पनि सार्वजनिक गरियो । सामाजिक–राजनीतिक उपन्यास ‘अवतार’ फिनिक्स बुक्सले प्रकाशन गर्न लागेको हो ।

“अवतार’ जस्तो फरक स्वादको उपन्यास छाप्न पाउँदा हामी खुसी छौँ,’ फिनिक्स बुक्सका सीईओ कुमार ढकालले भने । उनका अनुसार ‘अवतार’ चैत अन्त्यसम्म बजारमा आउनेछ ।

प्रकाशित : फाल्गुन २८, २०७३ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?