कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शम्भुकुमारको यात्राकाव्य

काठमाडौं — कवि शम्भुकुमार मिलन ‘आँखामा जापान : मनमा नेपाल’ सहित आएका छन् । यो उनको यात्राकाव्य कृति हो ।

शम्भुकुमारको यात्राकाव्य

नेपाली भाषा, साहित्य, गीत र संगीतका क्षेत्रमा आधा दशकदेखि सक्रिय मिलनले सन् २०१५ मा गरेको जापान भ्रमणका अनुभवहरू यात्राकाव्यमा समेटेका छन् । उनले कृतिमा मुलुकबाहिर नेपाली भाषा, साहित्य र संस्कृतिको जर्गेनाका लागि भइरहेको क्रियाकलापको पनि सन्दर्भ उठाएका छन् । मिलनका यसअघि ‘सौगात’ र ‘अस्तित्व’ गरी दुई गीतिसंग्रह, ‘यात्रा’, ‘धोको’ र ‘जीजिविषा’ गरी तीन कविता संग्रह, ‘तिम्रो सहरमा’ र ‘पत्थरको मुटु’ गरी दुई गजल संग्रह तथा ‘निर्मला’ खण्डकाव्य प्रकाशित छन् । 

 

प्रकाशित : चैत्र ३, २०७३ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?