कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सुरम्य संगीतमा गुरूदेव

काठमाडौं — गायक तथा संगीतकर्मी गुरुदेव कामत शनिबार राजधानीमा प्रस्तुत भए । उनको प्रस्तुतिले शास्त्रीय संगीत अझै पनि लोकप्रिय रहेको पुष्टि गर्‍यो । राष्ट्रिय नाचघरमा ‘काहो बनाबो झुठी बतिया...’ बोलको ठुमरी गाइरहँदा श्रोताहरू बीच–बीचमा तालीले उनलाई साथ दिन्थे । गुरुकुल संगीत पाठशालाले गरेको उनको यो २०औं ‘सुरम्य सन्ध्या’ थियो ।

सुरम्य संगीतमा गुरूदेव

कार्यक्रममा शास्त्रीय संगीत, नेपाली, मैथिली, हिन्दी र उर्दू गीत/गजल प्रस्तुत गरिएको थियो । पहिलोपटक उनले नेपाल भाषा (नेवारी)मा ‘झिंझुया, झिंसुया...’ गीत गुनगुनाए । गीतकार जीवराज कुँवरद्वारा रचित नेपाली गीत ‘गुन्जियो मनमा कोइली बोली...’ गुरुदेवले फरक शैलीमा पस्केका थिए ।

गीतकार कालीप्रसाद रिजालको ‘मधुशाला पिउन गएको, प्यास लिएर फर्के...’ प्रस्तुत गरिरहँदा दर्शकदीर्घामा सन्नाटा छाएझैं देखिन्थ्यो । कार्यक्रममा विनीत ठाकुरको मिथिलावासीलाई उठ्न गरेको आग्रह गीत ‘उठुयौ मैथिल भेलैय भोर, चुनमुन चिरैया करय सोर...’ मा गायक खुबै जमेका देखिन्थे । कार्यक्रममा नेपाल–भारत बीपी कोइराला फाउन्डेसन र टोयटालगायतले सहकार्य गरेका थिए ।

प्रकाशित : चैत्र ७, २०७३ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?