नेपाल–अफ्रिका साहित्य समाज गठन

कान्तिपुर संवाददाता

काठमाडौं — अफ्रिका महादेशमा नेपाली भाषा, साहित्य, संस्कृति र कलाको प्रचारप्रसार एवं प्रवद्र्धन गर्न नेपाल–अफ्रिका साहित्य समाजको गठन भएको छ ।

 
अफ्रिकामा नेपाली कला साहित्यसम्बन्धी कार्यक्रम आयोजना गर्ने, नेपाली साहित्यका पुस्तकहरू प्रकाशन गर्ने एवं अफ्रिकी–नेपाली साहित्यलाई अनुवादमार्फत एकअर्कामा फैलाउने उद्देश्य राखेर यो संस्था गठन गरिएको संयोजक हिक्मत थापा (नाइजेरिया) ले जानकारी दिएका छन् । समाजको कार्यसमितिमा कृष्णदत्त भट्ट (केन्या), शिव पौडेल (तान्जानिया), गणेश खड्का (सेसेल्स) र तेजेन्द्र विवश (युगान्डा) छन् । 

गत डिसेम्बरमा तान्जानियाको दार–ए–सलाममा आयोजित गैरआवासीय नेपाली सम्मेलनमा नियात्राकार जीवा लामिछानेको कृति ‘सरसर्ती संसार’ विमोचनका क्रममा यो समाजको प्रारुप गठन गर्नेबारे निर्णय भएको संयोजक थापाले बताए । समाजले काठमाडौंमा नेपाल प्रज्ञा प्रतिष्ठान, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजसहितका साहित्यिक–प्राज्ञिक निकायसँग समेत समन्वय राख्ने भएको छ । 

प्रकाशित : वैशाख ५, २०७४ ०८:२५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पारसमणिका गीत

कान्तिपुर संवाददाता

काठमाडौं — गीतकार पारसमणि बराल, संगीतकार शक्ति बल्लभ र गायक सुमित खडका तेस्रो कोसेलीसाथ श्रोतामाझ आएका छन् । ‘पारसमणि ३’ राजधानीमा हालै उपर्युक्त तीनै व्यक्तित्वसहित अभिनेत्री दीपाश्री निरौलालगायतले सार्वजनिक गरे ।

गीतकार पारसमणि बराल, संगीतकार शक्ति बल्लभ र गायक सुमित खडका तेस्रो कोसेलीसाथ श्रोतामाझ आएका छन् । ‘पारसमणि ३’ राजधानीमा हालै उपर्युक्त तीनै व्यक्तित्वसहित
अभिनेत्री दीपाश्री निरौलालगायतले सार्वजनिक गरे ।

उक्त एल्बममा सात गीत छन् : ‘तिमीलाई बाटो छेकी रुवाएको...’, ‘तिम्रो प्रेमको माला लाउँदा...’, ‘हत्केलामा कोरिएका भाग्यरेखालाई...’, ‘गहभरि आँसु आए...’, ‘बुझ्नेलाई बुझाउन इसारा नै काफी...’, ‘तिमी वर मचाहिँ पर कुन ठाउँ घर...’ र ‘आफ्नै माया बिर्सिएर...’ । स्पार्क इन्टरटेनमेन्टले निकालेको एल्बमका सबै गीतको संगीत संयोजन मनोहर सुनामले गरेका हुन् ।

चार गीतमा सुमितको स्वर सुन्न सकिन्छ । दुइटामा पारसमणि र सुमितले गाएका छन् । एउटा राष्ट्रिय भावको गीतमा शक्ति बल्लभ, पारसमणि र सुमितको स्वर सुन्न सकिन्छ, जसले भन्छ :
आफ्नै माया बिर्सिएर अर्को माया कहाँ लाऊँ
आफ्नै घरको बास छोडी, बास माग्न कहाँ जाऊँ ?

प्रकाशित : वैशाख ५, २०७४ ०८:२४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT