कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

निश्चलका कविता

काठमाडौं — पाल्पा, पालुङमैनादीको सरकारी विद्यालयमा प्रधानाध्यापक रहेका आरबी निश्चल सोख र अभिरुचिमा कवि हुन् । यही सोखमा बाँधिएर उनले ५८ कविताको संग्रह ‘पैताला पुकार’ ल्याएका छन् ।

निश्चलले एउटै संग्रहमा एकालाप, संवाद, मनोवाद र मिथकीय शैली प्रयोग गरेको भनेर समीक्षकले औंल्याएका छन् । पाल्पाको धवल पुस्तकालयले प्रकाशन गरेको कविता कृतिबारे निश्चलले ‘आफ्नै जिन्दगीको कथाव्यथाले पाएको कवि–चेतना’ भनेर स्वमूल्यांकन गरेका छन् । उनका यसअघि ‘मौन हिमाल,’ ‘सपनाफूल’ र ‘आँसु खस्दै गर्छ’ जस्ता काव्यकृति आइसकेका छन् ।

प्रकाशित : वैशाख ६, २०७४ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?