दिइयो पारिजात सम्मान

काठमाडौं — पारिजात स्मृति केन्द्रले शनिबार चार स्रष्टालाई पुरस्कृत गरेको छ । ‘पारिजात सृजन सम्मान’ बाट हेमनाथ पौडेल, ‘पारिजात संघर्षशील नारी सम्मान’ बाट शशी श्रेष्ठ, ‘पारिजात कला सम्मान’ बाट श्याम तमोट र ‘पारिजात बाल–साहित्य सम्मान’ बाट विजय चालिसे सम्मानित भएका हुन् । पुरस्कारमा जनही १० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र वरिष्ठ साहित्यकार शान्तादास मानन्धरले संयुक्त रूपमा पुरस्कार प्रदान गरेका हुन् । कार्यक्रमका स्रष्टाहरू रायन, स्नेह सायमि, लक्ष्मी मालीलगायतले पारिजातको व्यक्तित्वबारे चर्चा गरेका थिए । विसं १९९४ वैशाखमा जन्मेकी पारिजातका ‘शिरीषको फूल’, ‘अनिँदो पहाड’ लगायत कृति प्रकाशित छन् । २०५० वैशाख ५ मा उनको निधन भएको थियो ।

प्रकाशित : जेष्ठ १४, २०७४ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?